aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike
बजेट बहस

कच्चा पदार्थको भन्सार दर घटाऊ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ बैशाख २०७८
Reliance life insurance
कच्चा पदार्थको भन्सार दर घटाऊ
LBEF

काठमाडौं । विदेशबाट नेपाल आयात हुने कच्चा पदार्थमा सरकारले लगाउँदै आएको भन्सार दर घटाउन व्यापारीहरुले माग गरेका छन् । आगामी वर्षको बजेट निर्माणको अबस्थामा रहेकाले सरकारले कच्चा पदार्थको भन्सार दर घटाउन माग गरेका हुन । 

नेपाल उद्योग बाणिज्य महसंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले नेपालमा सामान उत्पादन गर्न धेरै महगो पर्ने भएकाले अब सरकारले कच्चा पदार्थको भन्सार दर नघटाए व्यापार घाटा कम नहुने बताए । 

उनले भने, ‘नेपालमा व्यापार घाटा धेरै भयो भनेर सबै जना कराएको लामो समय भयो तर नेपालबाट बाहिर नेपाली उत्पादन पठाउनका लागि वातावरण भने कसैले पनि बनाएनन् । नेपालमा बस्तु उत्पादन गर्नका लागि कच्चा पदार्थमा सरकारले लगाएको भन्सार दर मात्र घटाएमा नेपालबाट पनि बस्तु उत्पादन गरेर विदेश निर्यात गर्न सकिन्छ ।’ 

वर्तमान प्रधानमन्त्रीले उद्योगलाई प्रवद्र्धन गर्नका लागि विशेष कमिटि पनि बनाएका थिए तर, उक्त कमिटिमा बारम्बार सुझाव राख्दा पनि कुनै सुनुवाई पनि भएन उनले आर्थिकन्युज डटकमसँग गुनासो गरे । 

सरकारले उत्पादन लागत र अन्तिम बस्तुबीचको अन्तर २० देखि ३० प्रतिशत हुने गरि भन्सार दर कायम गरेमा नेपालमा पनि बस्तु उत्पादन गरेर विदेश निर्यात गर्न सकिने नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा जगदम्बा ग्रुपका सञ्चालक सुलभ अग्रवाल बताउँछन् । 

उनले भने, ‘नेपालमा ५ देखि ३० प्रतिशतसम्म कच्चा पदार्थमा भन्सार लगाउने गरेको छ यसले गर्दा नेपालमा बस्तु उत्पादन गरेर विदेशमा निर्यात गर्न सम्भव नै छैन । विदेशमा बस्तु निर्यात गर्नका लागि पनि विदेशी बस्तुसँग प्रतिस्पर्दा गर्नलाई उत्पादन लागत कम गराउन पर्यो तर नेपालमा कच्चा पदार्थको उपलब्धता नभएका कारणले विदेशबाट ल्याएको कच्चा पदार्थमा महगो भन्सार तिरेको कच्चापदार्थबाट उत्पादन बस्तु विदेशी बस्तुसँग प्रतिस्पर्दा गर्न सक्दैनन  ।’ सरकारले निर्यातमूलक उद्योगलाई प्राथमिकता दिने हो भने सरकारले कच्चा पदार्थमा लगाउँदै आएको महगो भन्सार दर कम गर्न पर्ने सुझाव उनको रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस