aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

कुखुराको मासु महँगो भयो, व्यापारीको लागत अझै उठेन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ बैशाख २०७८
Reliance life insurance
कुखुराको मासु महँगो भयो, व्यापारीको लागत अझै उठेन्
LBEF

काठमाडौं । बजारमा जिउँदो कुखुराको मासुको मूल्य प्रतिकेजी ३ सय रुपैयाँ पुग्दा उपभोक्ताले आपत्ति देखाई रहेका छन् । यता, व्यवसायी भने आफूहरू अझै घाटामा नै परेको बताउँछन् । खसी र अन्य मासुको तुलना कुखुराको मासुको मूल्य अझै नपाएको प्रति कुखुरा व्यवसायीले गुनासो गरेका हुन् ।  

जिउँदो कुखुराको मूल्य प्रतिकेजी तिन सय रुपैयाँ पुग्दा त्यस्तो आत्तिइहाल्नु नपर्ने नेपाल ह्याचरी उद्योग  संघका संस्थापक अध्यक्ष गुण चन्द्र विष्ट बताउँछन् । उनी भन्छन्, ‘नेपाली जनताले कुखुरा नेपालमा उत्पादन गरेको छ भनेर मूल्य घटाउन खोजेको हो । व्यवसायीले कुखुराको दाना खरिद गरेको मूल्य र तिनको पालन पोषणको मेहेनत अनुसार मूल्य खोज्ने हो भने अझै पाउन सकेका छैनन् ।’ 

‘पछिल्लो समय कुखुरा उत्पादन नै छैन ।’ विष्टले भने, ‘मैले ६ लाख भन्दा बढी चल्ला उत्पादन गर्दथे तर अहिले एक लाख चल्ला पनि उत्पादन गर्न सकेको छैन । पछिल्लो समय कोभिडको असरसँगै विभिन्न रोगले उत्पादनमा ह्रास आउन थालेको छ । त्यसैमा कुखुरालाई धेरै लामो समयसम्म होल्ड गरेर राख्न पनि सकिँदैन कुखुरालाई समयमा नै बिक्री गर्न सकिएन भने व्यवसायीको घाटा कसले बुझ्छ ? बजारमा मासुका लागि कुखुराको आपूर्ति घटेको छ । आपूर्ति घट्न थालेपछि जिउँदो कुखुरा र तयारी मासुको भाउ उकालो लागेको  हो ।’   

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जिउँदो कुखुराको मूल्य ३ सय तोकेको छ भने मासु ४२० रुपैयाँमा व्यवसायीले बिक्री गरिरहेका छन् । विष्ट भन्छन्, ‘कुखुराको मूल्य बढ्नुमा राज्य जिम्मेवार नभएर हो यदि जिम्मेवार हुन्थ्यो भने जिउँदो कुखुराको मूल्य १५० रुपैयाँ भन्दा बढी उपभोक्तालाई नपर्ने हो ।’ उनले चालीस पचास रुपैयाँमा बिक्री गर्दै गरेको चल्ला अहिले लगभग ९५ रुपैयाँको हाराहारीमा बिक्री गरिरहेको बताए । उनले भने, ‘उत्पादन छैन अन्य भन्दा सस्तो नै छ । व्यवसायीले कुनै बेला सय रुपैयाँमा पनि कुखुरा बिक्री गर्न नपाएर खाल्डो पुरेका थिए ।’    

गत वर्षको लकडाउनले गर्दा दानामा सोयाबिन र मकैको मूल्य बढ्यो । कुखुराको मासु बढ्नुमा दानाको कुनै सम्बन्ध नहेरेको अन्तर्राष्ट्रिय व्यापार परिवर्द्धन समितिको सभापति आनन्द कुमार बगरियाले बताए । उनले भने, ‘कुखुरा व्यापारीले कुखुरा उत्पादन नै गरेन माग बढेकै कारण नै मूल्य बढेको हो ।’      

प्रतिक्रिया दिनुहोस