aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

थप १०१५ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ बैशाख २०७८
Reliance life insurance
थप १०१५ जनामा कोरोना संक्रमण पुष्टि
LBEF

काठमाडौं । नेपालमा १०१५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १०१५ जना नयाँ संक्रमित थपिएका हुन् ।            

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ५०८४ पिसिआर परीक्षणबाट १०१५ र ६९९ एन्टीजेनबाट ८१ जनामा संक्रमण पुष्टि भएको हो। जसमा काठमाडौं उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ८४ हजार ६७३ रहेको छ । संक्रमित मध्ये दुई लाख ७५ हजार ३०० जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या पाँच हजार ८ रहेको छ ।    

पछिल्लो २४ घण्टामा २६२ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ८ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३०८३ पुगेको छ ।  
 

प्रतिक्रिया दिनुहोस