aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

नेप्सेमा चार कम्पनीको शेयर सूचीकृत, कुन कम्पनीको कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ बैशाख २०७८
Reliance life insurance
नेप्सेमा चार कम्पनीको शेयर सूचीकृत, कुन कम्पनीको कति ?
LBEF

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंक, गरिमा विकास बैंक, सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्ट र साना किसान लघुवित्त वित्तिय संस्था शेयर सूचीकृत भएको हो ।  

नेपाल इन्भेष्टमेन्ट बैंक  
नेपाल इनभेष्टमेन्ट बैंकको १३ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकले उक्त बोनस शेयर वापतको एक करोड ८८ लाख ८३ हजार ७५० दशमलव कित्ता शेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।  

गरिमा विकास बैंक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार गरिमा विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा बैंकको १३.५० प्रतिशत बोनस शेयर बापत ४३ लाख ७२ हजार २३० दशमलव ७३ कित्ता शेयर सूचीकृत भएको हो । 

सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्ट
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टको हकप्रद शेयर सूचीकृत भएको छ । नेप्सेमा सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टको ८२.८४ प्रतिशत हकप्रद शेयर बापत एक करोड ३५ लाख ९२ हजार ६९२ दशमलव ७३ कित्ता शेयर सूचीकृत भएको हो । 

साना किसान लघुवित्त वित्तिय संस्था
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार साना किसान लघुवित्त वित्तिय संस्थाको बोनस र हकप्रद शेयर सूचीकृत भएको छ । नेप्सेमा उक्त संस्थाको हकप्रद शेयर बापत २५ लाख ५७३ दशमलव ५६४२ कित्ता बोनस शेयर  र १२ हजार ४४२ कित्ता हकप्रद सूचीकृत भएको हो । 

प्रतिक्रिया दिनुहोस