aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

आइतबार घटेको बजारमा पनि ज्योति लाईफ र दिव्यश्वरी हाइड्रोको शेयरमूल्यमा उच्च बृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ बैशाख २०७८
Reliance life insurance
आइतबार घटेको बजारमा पनि ज्योति लाईफ र दिव्यश्वरी हाइड्रोको शेयरमूल्यमा उच्च बृद्धि
LBEF

काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजार सामान्य अंकले घटिरहेको छ । कारोबारको पौने एक घण्टमा बजार ६ दशमलव ७५ अंकले घटेर २ हजार ७२८ दशमलव ६४ विन्दुमा झरेको छ । यो अवधिसम्म ज्योति लाईफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९१ प्रतिशतले बढेको छ भने दिव्यश्वरी हाइड्रोको शेयरमूल्य ९ दशमलव ४५ प्रतिशत बढेको छ । 

ज्योति लाईफ इन्स्योरेन्सको प्रतिकित्ता रू. ५६ ले बढेर अन्तिम मूल्य रू. ६२१ र दिव्यश्वरी हाइड्रोको प्रतिकित्ता रू. १२ ले बढेर अन्तिम मूल्य रू. १३९ कायम भएको हो । दोस्रो बजारमा आइतवार सर्वाधिक शेयर खरिद माग ज्योति लाईफ इन्स्योरेन्सको रहेको छ । पौने एक घण्टाको कारोबारमा ४ हजार ९४५ ओटा अर्डरमा ९ लाख ७० हजार ४११ कित्ता शेयर माग भएको हो ।
 

प्रतिक्रिया दिनुहोस