aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

शनिबार चट्टयाङ्ग, हावाहुरी र असिना सहित वर्षा कहा कहा हुन्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ बैशाख २०७८
Citizen life
nabil bank
शनिबार चट्टयाङ्ग, हावाहुरी र असिना सहित वर्षा कहा कहा हुन्छ ?
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । शनिबार दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमहाशाखाले जनाएको छ। देशका पहाडी भू-भागका केहि स्थानहरुमा, तराईका थोरै स्थानहरुमा मेघगर्जन सहित पानी पर्ने महाशाखाले जानकारी दिएको छ । त्यस्तै, केहि स्थानमा चट्टयाङ्ग,हावाहुरी रअसिना सहित क्षणिक वर्षा हुने छ ।

शनिबार साँझ  देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा  रहने छ। देशको पहाडी भू-भागका एक दुई  स्थानमा मेघगर्जन,चट्टयाङ्ग, हावाहुरी र असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

 भोलि आइतबार पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ का पहाडी भू(भागका थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

 आइतबार बेलुका भने देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा  रहने छ । 
देशका पहाडी भू(भागका एक दुई  स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, वागमती, गण्डकी र सूदरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकि भू(भागका एक वा दुई  स्थानमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरी रअसिना सहित क्षणिक वर्षाको सम्भावना रहेकोहुनाले आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस