नक्कली स्टिकर प्रयाेग गर्दा ७८ करोडको मुद्दा लाग्याे - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

नक्कली स्टिकर प्रयाेग गर्दा ७८ करोडको मुद्दा लाग्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ असार २०७६
Sunrise bank
नक्कली स्टिकर प्रयाेग गर्दा ७८ करोडको  मुद्दा लाग्याे
LBEF
NCH-IPS

काठमाडौं । लुम्विनी पान मसला तथा सुर्ती गुट्खा उद्योग विरुद्ध राजस्व अनुशन्धान विभागले मुद्धा दायर गरेको छ । पानकिङ्ग व्राण्डको सुर्तिजन्य गुट्खामा अन्तःशुल्क ऐन विपरित स्टिकर नलगाई, नक्कली स्टिकर प्रयोग गरी वितरक तथा थोक विक्रेता समेतको मिलेमतोमा राजस्व चुहावट गरेकोले भन्दै ७८ करोड ५५ लाख ७४ हजार दुई सय दश विगोसहित दोब्बर जरिवाना र तीन वर्ष कैद माग दावीसहित मुद्धा दायर गरेको जनाएको छ ।

लुम्विनी पान मसला तथा सुर्ती गुट्खा उद्योगबाट उत्पादित पानकिङ्ग गुट्खा विक्री वितरण गर्दा केहीमा फिल्टर चुरोटमा प्रयोग गर्ने अन्तःशुल्क स्टिकर प्रयोग गरेको र कतिपय पाउचमा अन्तःशुल्क नै नलगाएको पाइएकोले काराबाहीको प्रकृया अघि बढाएको हो ।

४ सय बोर पानकिङ गुट्खा समेत लोड भएको ना ३ ख ९९३३ नम्बरको ट्रक चेकजाँचका क्रममा उक्त पाउचहरुमामा नियमानुसार अन्तःशुल्क टिकट टाँस नभएको भटिएको आन्तरिक राजस्व विभागले बरामत गरेको छ ।

विभागले २९ करोड १८ लाख ५८ हजार विगो र त्यसको दोब्बरसम्म ५८ करोड ३७ लाख १६ हजार जरिवानासहित कुल डठ करवड ५५ लाख ७४ हजार रुपैयाँ असुल गर्नु पर्ने भन्दै मुद्दा दायर गरेको जनाएको छ ।  विभागले ३ वर्षसम्म कैदको मागसमेत राखेर बारा जिल्ला अदालतमा मुद्दा हालेको छ । 

लुम्विनी पान मसलाबाट  बरामद भएको मालबस्तुमध्ये २४ हजार पाउच पानकिङ गुट्खामा अन्तःशुल्क टिकट टाँस नभएको भेटिएको विभागले जनाएको छ। यसमा लुम्बिनी पान मसलाका अब्दुल्लाह मुसलमानलाई ३३ करोड ६ लाख ३३ हजार, न्यू पश्चिमाञ्चल ट्रेडर्सका मोहम्मद रेहानलाई ११ करोड ४७ लाख ३० हजार माग दावीसहित मुद्दा हालिएको छ। साईन ट्रेडर्सका भरत अधिकारीलाई दुई करोड ३६ लाख २२ हजार जरिवाना मागको माग गरेर  मुद्दा हालिएको छ। 

प्रतिक्रिया दिनुहोस