aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

बीमा लेखको संख्या १ करोड नाग्यो, बीमाको दायरा २५.८ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ चैत्र २०७७
Reliance life insurance
बीमा लेखको संख्या १ करोड नाग्यो, बीमाको दायरा २५.८ पुग्यो
LBEF

काठमाडौं । बीमा कम्पनीहरुले बेचेको बीमा लेखको संख्या एक करोड १ लाख ७६ हजार २ सय ९० पुगेको अर्थमन्त्रालयले जारी गरेको आर्थिक बुलेटिनले जनाएको छ । यो बीमा लेख गतवर्षकोभन्दा १४.९ प्रतिशतले वृद्धि भएको हो । 

यसमा जीवन बीमा लेखको हिस्सा ८० प्रतिशत र १९.५ प्रतिशत निर्जीवन बीमा कम्पनीहरुको हिस्सा रहेको छ । गत वर्ष फागुनसम्ममा यस्तो सख्या जीवन बीमा कम्पनीहरुको ८१.४ र १८.६ प्रतिशत रहेको थियो । 

यस अवधिमा बीमा कम्पनीहरुले ३० प्रतिशत बीमा प्रिमियम बढाएर १ खर्ब २ अर्ब ४० करोड पुगेको छ । गतवर्षको यहि अवधिमा यस्तो रकम ७८ अर्ब २५ करोड रुप्रयाँ रहेको थियो । 

प्रिमियम संकलनमा जीवन बीमा कम्पनीहरुको हिस्सा ८०.३ र १९.७ प्रतिशत निर्जीवन बीमा कम्पनीहरुको रहेको छ । नेपालमा बीमा  क्षेत्रका दायरामा पनि वृद्धि भएर २५.८ प्रतिशत पुगेको  छ । गत वर्ष यस्तो दायरा २२.९ प्रतिशत थियो ।  

प्रतिक्रिया दिनुहोस