कारोबार बढेपनि शेयर बजार बढ्न सकेन - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

कारोबार बढेपनि शेयर बजार बढ्न सकेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ असार २०७६
Sunrise bank
कारोबार बढेपनि शेयर बजार बढ्न सकेन
LBEF
NCH-IPS

साताको अन्तिम कारोबार बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १ दशमलव १४ अंकले घटेर १ हजार २ सय ५७ दशमलव १५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ३५ अंकले बढेर २ सय ७१ दशलमव १६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ७२ कम्पनीको १८ लाख ५४ हजार ६७६ कित्ता शेयर खरिदबिक्री भई ६२ करोड ७९ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

यस दिन सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरी लिमिटेडको भएको छ । जसको कारोबार आज १४ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको भएको छ । 

यस दिन सर्वा्िधक कमाउनेमा मल्टि प्रपोज फाइनान्स कम्पनी लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ९ दशमलव १५ प्रतिशतले बढेको छ । 

साथै सर्वा्िधक गुमाउनेमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ४ दशमलव ७५६ प्रतिशतले घटेको छ । 

यस दिन ११ वटा उपपरिसुचकहरुमा ४ वटा समूह बढेको छ भने ७ वटा समूह घटेका छन् । 
 

प्रतिक्रिया दिनुहोस