aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

रेमिट्यान्समा ८.६ प्रतिशत वृद्धि, विदेश जाने २४.२ प्रतिशतले बढे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० चैत्र २०७७
Reliance life insurance
रेमिट्यान्समा ८.६ प्रतिशत वृद्धि, विदेश जाने २४.२ प्रतिशतले बढे
LBEF

काठमाडौं । विप्रेषण(रेमिट्यान्स) आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई ६४२ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको  सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले  वृद्धि भई ५ अर्ब ४५ करोड पुगेको राष्ट्र बैंकले जारी गरेको आठ महिनाको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.५ प्रतिशतले बढेको थियो ।  

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र  वैधानिकीकरण) लिने नेपालीको संख्या ७४.८ प्रतिशतले घटेको छन । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या  २४.२ प्रतिशतले बढेको थियो । 

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा  अवधिमा ६५.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो ।  
 

प्रतिक्रिया दिनुहोस