aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

नेप्सेमा ६४ लाख कित्ता शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० चैत्र २०७७
Reliance life insurance
नेप्सेमा ६४ लाख कित्ता शेयर सूचीकृत
LBEF

काठमाडौं । सिभिल बैंकले ८ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको छ । बैंकले उक्त बोनस शेयर वापतको ६४ लाख २ हजार ७११ दशमलव ७४ कित्ता शेयर सोमवार नेप्सेमा सूचीकृत गराएको हो ।

मंगलवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । बैंकले उक्त बोनस शेयर गत फागुन ९ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबाट पारित गरेको थियो । बोनससँगै बैंकले शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश समेत उक्त सभाबाट पारित गरेको थियो । नगद लाभांश समेत दिएकाले शेयरधनीहरुले बोनस शेयर वापतको कर तिर्नुपर्नेछैन् ।

बैंकले ८ अर्ब ३३ लाख ८९ हजार रुपैयाँको आधारमा बोनस शेयर वितरण गरेको हो । बोनस पश्चात बैंकको चुक्तापूँजी ८ अर्ब ६४ करोड ३६ लाख ६० हजार रुपैयाँ पुगेको छ । बैंकको यस वर्षको लाभांश विगत दुई आर्थिक वर्षकै उच्च हो । 

बैंकले गत वर्ष ६ दशमलव ५७ प्रतिशत नगद लाभांश र अघिल्लो वर्ष ४ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश दिएको थियो । दुई आर्थिक वर्ष निरन्तर नगद लाभांश दिएको यस बैंकले यो वर्ष भने बोनसमा जोड दिएको छ ।  

साधारण सभा प्रयोजनका लागि बैंकले माघ २३ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा माघ २२ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस