५ अर्ब खर्चिएर ललितपुरले फ्लाईओभर निर्माण गर्दै - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 

५ अर्ब खर्चिएर ललितपुरले फ्लाईओभर निर्माण गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ असार २०७६
Sunrise bank
५ अर्ब खर्चिएर ललितपुरले फ्लाईओभर निर्माण गर्दै
सांकेतिक तस्वीर
LBEF
NCH-IPS

ललितपुर । ललितपुर महानगरपालिकाले विभिन्न स्थानमा अन्तर्राष्ट्रियस्तरको फ्लाईओभर निर्माण गर्ने भएको छ ।  पुलचोकदेखि थापाथली जोड्ने फ्लाईओभरको काम आगामी आर्थिक वर्षदेखि शुरु गर्ने भएको छ । सो स्थानमा १.४ किलोमिटरको  फ्लाईओभर निर्माण गर्न लागिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताएका छन् । 

अहिले फ्लाईओभरको डिजाइन निर्माण गर्ने काम भइरहेको छ । यसलाई कार्यान्वयनमा ल्याउनको लागि विज्ञको खोजी भइरहेको महर्जनले बताए । १.४ फ्लाइओभर निर्माणको लागि ४ देखि ५ अर्ब खर्च लाग्ने मर्हजनको भनाइ छ । फ्लाईओभर निर्माण गर्दा थापाथली इन्जिनियरिङ क्याम्पसको जग्गा पनि पर्ने सम्भावना रहेको छ । 

फ्लाईओभर डिजाइन नेपालीले नै गरेकाले यहाँको भन्दा राम्रो र अनुभवी इन्जिनियरलाई देखाउन जाइकासँग समन्वय गरेर अगाडि बढ्ने उनले बताए । मर्हजनले भने– पुलचोकको फ्लाइओभरको डिजाइन निर्माण भइसकेको छ ।

उक्त फ्लाईओभर लगेर त्रिपुरेश्वरमा सरकारले बनाउन लागेको फ्लाईओभरमा जोड्ने योजना रहेको छ, ’ उनले भने–‘ललितपुर महानगरभित्रका बासिन्दालाई काँडाले पनि नकोरोस् भन्ने मेरो मान्यता  छ । फ्लाईओभर राख्यो भने जाम र दुर्घटना कम हुन्छ भन्ने उद्देश्यले महँगो भए पनि मैले फ्लाईओभरको योजनालाई अगाडि सारेको हुँ’  त्यस्तै महानगरले हरिसिद्धि, एकान्तकुना, सातदोबाटो, ग्वार्कोमा पनि फ्लाईओभर निर्माण गर्ने विषयमा अध्ययन भइरहेको बताइएको छ । 
 

प्रतिक्रिया दिनुहोस