१८ लाख अवैध नगद सहित दुई जना नियन्त्रणमा - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

१८ लाख अवैध नगद सहित दुई जना नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ असार २०७६
Sunrise bank
१८ लाख अवैध नगद सहित दुई जना नियन्त्रणमा
LBEF
NCH-IPS

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा बिहारको मोतिहारी थाना रक्सौल ग्राम पञ्चायत वडा नम्बर १३ मा बस्ने महेश दासका २० वर्षीय छोरा रञ्जन दास र वडा १७ भैसडामा बस्ने रघुनाथ यादवका २९ वर्षीय छोरा बाला यादव रहेका छन्।

विशेष सूचनाका आधारमा प्रहरी टोलीले बुधबार दिउँसो उनीहरूले चलाएर आएका ना २५ प ३८५६ र ना ५८ प ८८३९ मोटरसाइकल चेकजाँच गर्दा छुकाइछिपाइ ल्याएको अठार लाख रुपैयाँ र ५ हजार  ५० भारु बरामद गरेको हो।

उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस