जनउत्थान सामुदायिक लघुवित्तको हकप्रद आजबाट खुला - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 

जनउत्थान सामुदायिक लघुवित्तको हकप्रद आजबाट खुला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ असार २०७६
Sunrise bank
जनउत्थान सामुदायिक लघुवित्तको हकप्रद आजबाट खुला
LBEF
NCH-IPS

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको एक बराबर एक को अनुपातमा हकप्रद शेयरको आवेदन असार १२ गते अर्थात आजदेखि खुला   भएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा २ लाख ८८ हजार कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । 

यस हकप्रदमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद प्रयोजनका लागि कम्पनीले असार २ गते बुक क्लोज गरेकाले असार १ गते सम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । 

हकप्रद शेयर खरिदका लागि कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड , जनउत्थान सामुदायिक लघुवित्तको सम्पूर्ण शाखाहरु  र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सि आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिन्छ । साथै, मेरो शेयर एप मार्फत पनि आवेदन दिन सकिनेछ । 

हाल कम्पनीको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ रहेको छ भने हकप्रद शेयर पश्चात कम्पनीको चुक्ता पुँजी ५ करोड ७६ लाख रुपैयाँ पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस