दलाई लामाको प्रतिनिधि भन्दै अमेरिकी नागरिकलाई विमानस्थलमै रोकियो - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

दलाई लामाको प्रतिनिधि भन्दै अमेरिकी नागरिकलाई विमानस्थलमै रोकियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ असार २०७६
Sunrise bank
दलाई लामाको प्रतिनिधि भन्दै अमेरिकी नागरिकलाई विमानस्थलमै रोकियो
LBEF
NCH-IPS

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनले तिब्बती धर्मगुरु दलाई लामाका प्रतिनिधि भन्दै अमेरिकी नागरिक पेन्पा छिरिङलाई ‘इन्ट्री रिफ्युज’ गरी फर्किएको छ । 

भारतको नयाँ दिल्ली हुँदै आइतबार काठमाडौं आएका पेन्पा दलाई लामाका प्रतिनिधि रहेको र चीनको सूचीमा रहेको सूचना पाएपछि अध्यागमन अधिकारीले उनलाई विमानस्थलभित्रै रोकेका थिए । 

स्रोतका अनुसार उनी आएको सूचना अध्यागमन अधिकारीले अध्यागमन विभागका महानिर्देशक हुँदै गृहमन्त्रीकहाँ पुर्‍याएका थिए । 

उनलाई प्रवेश अनुमति दिँदा चिनियाँ पक्षले आपत्ति जनाउने निष्कर्षपछि गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र अध्यागमन विभागका महानिर्देशक ईश्वर पौडेलले छलफल गरेर पेन्पालाई अध्यागमनबाटै फिर्ता गरेका थिए । तर, फर्काइएका व्यक्ति दलाईका प्रतिनिधि नभएको र त्यही नामका असली प्रतिनिधि भने भारतको धर्मशालामा रहेको स्रोतले दाबी गरेको छ । कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।  

प्रतिक्रिया दिनुहोस