
काठमाडौं । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडले विक्री गरेको अवितरित हकप्रद शेयर चैत २३ गते बाँडफाँट गरेको छ । कम्पनीले २०७६ साल असार २३ गतेदेखि भदौ ९ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापक समूहको १७ लाख ५९ हजार ६२१ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो ।
फागुन २८ गतेदेखि चैत १३ गतेसम्म आव्हान गरेको गोप्य शिलबन्दी बोलपत्र चैत २० गते विक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालय सुन्धारा , काठमाडौंमा खोली चैत २३ गते कम्पनीको सञ्चालक समितिले बाँडफाँट गरेको हो । उक्त बाँडफाँटमा नपरेको शेयर वापतको रकम चैत २५ गतेदेखि आवेदकहरुले उल्लेख गरेको बैंक खातामा रकमान्तर गरिएको समेत कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस