aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

काठमाडौं विश्व विद्यालयले त शुरु गर्यो फेरि अनलाइन कक्षा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ चैत्र २०७७
Reliance life insurance
काठमाडौं विश्व विद्यालयले त शुरु गर्यो फेरि अनलाइन कक्षा
Jagadamba
LBEF

काठमाडौं ।  काठमाडौं विश्वविद्यालयले पुनः अनलाइन कक्षा शुरु गरेको जानकारी गराएको छ । कोरोना संक्रमण तीव्र रूपमा फैलिन थालेपछि विश्वविद्यालयले एक सूचना जारी गर्दै कोभिड–१९ का कारण विश्वविद्यालयमा उपस्थित भइ भौतिक रूपमा नियमित पठनपाठन गर्न कठिन भएकाले क्षति न्यूनीकरणका लागि अनलाइन कक्षा सञ्चालन गर्ने जनाएको छ । 

विश्वविद्यालयले आगामी २०७८ वैशाख मसान्तसम्म विश्वविद्यालयको स्कूल अफ साइन्स र स्कूल अफ इन्जिनियरिङ अन्तर्गतका सम्पूर्ण कार्यक्रम अनलाइनमार्फत नै पठनपाठन हुने जनाएको छ । विश्व विद्यालयले अप्रिल ८ देखि मे १४ सम्म अनलाइन कक्षा सञ्चालन गर्ने भनि सूचनामा उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस