aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

कृषि बीमाले छिट्टै ठुलो फड्को मार्छ : अध्यक्ष पाण्डे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ चैत्र २०७७
Reliance life insurance
कृषि बीमाले छिट्टै ठुलो फड्को मार्छ : अध्यक्ष पाण्डे
Jagadamba
LBEF

काठमाडौँ। कोरोना बीमाले नेपालको बीमा क्षेत्रलाई नयाँ अनुभव दियो । यसले नेपाली बीमा बजारलाई उचाइमा पुर्‍यायो वा बदनाम गर्‍यो ? यो प्रश्न अहिले चर्चाको केन्द्रमा छ। यस कारण पनि यो विषयले महत्त्व पाएको छ कि कोरोना बीमाको अवधि यही चैत्र मसान्तमा समाप्त हुँदै छ । एकातिर पाउनुपर्ने भुक्तानी पाइएन भन्ने गुनासो कोरोना बीमा गर्ने मानिसहरूको छ भने उता बिमकहरुको बुझाई र दाबी बेग्लै छ ।

नेपाल बीमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डे कोरोना बीमाले आम मानिसहरूलाई बीमाको महत्त्व बुझाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँछन् । सरकारसँगको समेत सहकार्यमा कोरोना बीमा कार्यक्रम सञ्चालन गरिएकोले भुक्तानीमा केही विलम्ब भएको यथार्थ पाण्डे स्विकार्छन् । उनी भन्छन्, ‘हो ढिलो भयो होला तर इन्स्योरेन्सले दियो त प्राप्त गर्नेले अवश्य पनि भन्लान् नि।’

कोरोना बीमाले सचेतना वृद्धिमा सहयोग गरेको तर्क पेस गर्दै पाण्डे भन्छन्, ‘यो बीमा कार्यक्रमले मानिसहरूमा महामारीको जति त्रास हुन्थ्यो त्यसलाई कम गर्‍यो । पत्रकार, मजदुर आदी काम गर्ने पर्ने समुदायले यदि केही भइहाल्यो भने पनि इन्स्योरेन्स त छ नि भनेर ढुक्क भएर काम गर्ने अवसर पाए । उनीहरूको भरोसा बढ्यो ।’ त्यसबाहेक आर्थिक गतिविधिहरूलाई चलायमान राख्न समेत कोरोना बीमाले सहयोग गरेको उनको बुझाइ रहेको पाइयो ।

कृषि बीमाको कुरा

आर्थिकन्युजसँगको संवादमा पाण्डेले कृषि बीमा बारे समेत कुरा गरे । कृषि बीमाका सम्बन्धमा कुरा गर्दा तीनवटा विषयलाई हेर्नु पर्ने उनले बताए । पहिलो यस्तो बीमाको लागि पूर्वाधार विकास नै पर्याप्त रूपमा भएको छैन । दोस्रो यसको प्रकृति नै विभाजित (फ्राग्मान्टेड) छ । तेस्रो चाहिँ यो निकै महँगो छ । त्यसैले आफ्नो जे मुख्य व्यापारको क्षेत्र हो त्यही नै गरौँ भन्ने सबै बीमा कम्पनीको चाहना रह्यो । आफ्नो कम्पनीले यो सम्बन्धी अध्ययन र अनुसन्धानमा नै समेत चासो नदेखाएको गुनासो पाण्डेले गरे ।

कृषि बीमालाई व्यापक गराउन सरकारले नै महत्त्वपूर्ण र विशेष भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड छ । किसानले उत्पादन गरेको बस्तुको बजारीकरणमा समेत सरकारले ध्यान दिने हो भने उनीहरू उत्पादनको बेलाको बीमा गर्न उत्प्रेरित हुन्छन् । त्यसबाहेक बजारमा पुगुन्जेलसम्मको बीमा गर्ने परिबन्द मिलाउने हो भने कृषि बीमाले छिट्टै ठुलो फड्को मार्छ । आफ्नो कम्पनी शिखर इन्स्योरेन्सले यसबारे अनुसन्धान थालेको पाण्डेले जानकारी दिए ।

उनी आफै प्रश्न गर्छन्, ‘जब घरका न्यूनतम र आधारभूत आवश्यकता नै पुरा भएका छैनन् भने मानिसहरूले भविष्यको जोखिम कम गर्न कसरी बीमा गर्छन् ?’  तर, मानिसहरूलाई बीमा गर्नु पनि त्यति नै आवश्यक छ जति आज घर सजाउनु छ भन्ने मात्र पनि बुझाउने हो भने स्थिति भिन्नै हुने उनी विश्वास गर्छन् । 

कृषि बाहेकका अन्य बीमाहरु जस्तै घर/सम्पत्ति आदिको बीमा गराउन स्थानीय सरकारले कुनै स्किम ल्याउने हो भने बीमा गर्ने कुरामा मानिसहरू अभ्यस्त बन्छन् । त्यस बाहेक आम मानिसहरूले आफ्नो सम्पत्तिको बीमा नगर्नुको कारण बारे उनको बुझाई निकै रोचक रहेछ । उनी आफै प्रश्न गर्छन्, ‘जब घरका न्यूनतम र आधारभूत आवश्यकता नै पुरा भएका छैनन् भने मानिसहरूले भविष्यको जोखिम कम गर्न कसरी बीमा गर्छन् ?’  तर, मानिसहरूलाई बीमा गर्नु पनि त्यति नै आवश्यक छ जति आज घर सजाउनु छ भन्ने मात्र पनि बुझाउने हो भने स्थिति भिन्नै हुने उनी विश्वास गर्छन् । यसका लागि पनि प्रारम्भिक चरणमा सरकार केही सक्रिय बन्नु पर्ने पाण्डे बताउँछन् ।

बीमक सङ्घको त्यस्तो ठुलो माग समेत छैन सरकारसँग । बस्, केही समयको लागि बीमा कम्पनीहरूले तिरेको करको रकमको केही हिस्सा मात्र पनि जनमानसमा बीमाबारे सचेतना बढाउन सरकारले खर्च गर्ने हो भने नेपालको बीमा उद्योगले छोटो समयमा नै ठुलो फड्को मार्ने विश्वास बीमक सङ्घका अध्यक्ष समेत रहेका पाण्डेको रहेको छ ।

निर्जीवन बीमाको पर्याय: शिखर इन्स्योरेन्स

नेपाली बीमा बजारमा शिखर लाइफ इन्स्योरेन्स एक प्रकारले निर्जीवन बीमाको पर्याय बन्नुमा यसले अवलम्बन गरेका सही नीतिहरूको योगदान रहेको उनको भनाई छ । उनी भन्छन्, ‘हामी अरूभन्दा केही फरक नै छौँ । कृषि बीमामा समेत नाफा आर्जन गर्न हामीले लिएका केही विशेष नीतिहरूका कारण नै सम्भव भएको हो।’ अन्य धेरै बीमा पोलेसीहरु जारी गरेर त्यसको माध्यमबाट बीमाको दायरा फराकिलो पार्न शिखर इन्स्योरेन्स सफल भएको उनको दाबी छ ।

सरकारले अघि सारेका हरेक जसो कार्यक्रमलाई स्विकारेर त्यसलाई सफल कार्यान्वयन गर्न सकेकोले अहिले शिखर इन्स्योरेन्स नेपालमा निर्जीवन बीमाको पर्याय बनेको हो । त्यस भित्र लुकेको अर्को रहस्य हो यसको नेतृत्वकर्ता सिइओ पाण्डेको काममा रमाउने बानी । हुन पनि उनी भन्छन्, ‘सबैले काम गर्ने हो भने मज्जा आउने रहेछ, ठिक हुँदो रहेछ । हेर्नुस् न यदि कोभिड बीमाको काम गर्न सकिँदैन भनेको थियो भने पक्कै हुँदैनथ्यो ।’

त्यसो त सबै कुरामा शिखर इन्स्योरेन्सले नेतृत्व गर्‍यो भन्दा जति खुसी लाग्छ पाण्डेलाई त्यति नै दुख लाग्छ जब अरूले भन्छन्- शिखरले मौकामा आफ्नो लागि मात्र हुने गरी नीति नियम बनायो ।   

नियामकले कडा कारबाही गरे हुन्छ

बीमा कम्पनीको लागी नियम बनाउँदा कम्पनीका सञ्चालकहरू बसेर बनाउनु हुँदैन भन्नेमा पाण्डे स्पष्ट छन् । उनी भन्छन्, ‘नियामकले गर्ने काममा, निर्णयमा हामी  बस्नु हुँदैन । कम्तीमा म चाहिँ बस्दिन किनकि त्यहाँ बस्ने हो भने आफ्नो स्वार्थ रक्षा गर्न तिर लागिन्छ जसले अन्ततः सही नतिजा दिँदैन ।’

तर, अहिले जसरी बीमा कम्पनीलाई ठग्ने मानिसहरू कानुनको दायरा भन्दा बाहिर छन् त्यो अवस्थाको अन्त्य हुनुपर्छ भन्ने उनको भनाई छ । जसरी बैङ्किङ कसुरमा कारबाही हुन्छ बीमा कसुरमा पनि त्यस्तै कारबाही गर्न सक्ने कानुन बनाउनु पर्नेमा उनको जोड छ ।    

री-इन्स्योरेन्समा गर्नुपर्ने भनेर तोकिए बराबरको रकम सबै इन्स्योरेन्स कम्पनीले लगानी गरेका छन् वा छैनन् भन्ने कुरा नियामक निकाय बीमा समितिले हेर्नुपर्नेमा पाण्डेको विशेष जोड छ । आफू यो विषयमा बोल्न नचाएको बताउँदै उनले थपे, ‘रिइन्स्योरेन्समा सबै कम्पनीले बुझाउन पर्ने प्रिमियम बुझाए नबुझाएको बैकको डकुमेन्ट मगाएर हेरे त थाहा भई हाल्छ नि । अनि जसले ठगी गरेको देखिन्छ वा ऐन अनुसार काम गरेको भेटिँदैन उसलाई कारबाही गरे हुन्छ ।’

प्रतिक्रिया दिनुहोस