काठमाडौं । राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली बिल प्रयोग गर्ने अभिनास इण्टरनेसनलका सञ्चालक प्रविन्द्र साह विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।
विभागले झुट्टा तथा नक्कली बिल प्रयोग गरि ५ करोड ३९ लाख ८५ हजार १२३ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई चैत २४ गते मुद्दा दर्ता गरेको हो ।
मुअकर तर्फ १ करोड ८९ लाख ४२ हजार ९३२, आयकर तर्फ २ करोड ९७ लाख १५ हजार ८३२ र लाभांस कर तर्फ ४३ लाख २६ हजार ३६५ समेत कूल जम्मा विगो पाँच करोड उन्तीस लाख पचासी हजार एक सय उन्तीस रुपैयाँ नौ राजस्व चुहावट गरेको विभागले दावी गरेको छ ।
साह र उक्त फर्मको बैंक खाता सञ्चालक मो जाबिर अन्सारी समेतलाई झुट्टा विल विभिन्न फर्महरूलाई विक्री बीजक जारी गरी मूल्य अभिवृद्धि र आयकरको राजस्व चुहावटको कसूर गरेकाले कानुन अनुसार कारबाही गर्नका लागि अदातलमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस