aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

रात्रीकालिन व्यवसाय बन्द गर्न सरकारको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ चैत्र २०७७
Reliance life insurance
रात्रीकालिन व्यवसाय बन्द गर्न सरकारको निर्देशन
Jagadamba
LBEF

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय बन्द गर्न निर्देशन दिएको छ । रात्रीकालिन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको हो । नयाँ भेरियन्टको कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बढ्दो दरका का।ण सरकारलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसायलाई कडाइका साथ बन्द गराउन आग्रह गरेको छ ।

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले एक सूचना जारी गर्दै संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थामा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

सहप्रवक्ता डा अधिकारीले भने, रात्रीकालिन व्यवसाय रेष्टुरेन्ट, चलचित्र हाल, क्लब लगायतका व्यवसायलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो ।’
 

प्रतिक्रिया दिनुहोस