aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

सिद्धार्थ बैंकको १२ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ चैत्र २०७७
Reliance life insurance
सिद्धार्थ बैंकको १२ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत
Jagadamba
LBEF

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंकको १२ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । बैंकले उक्त बोनस शेयर वापतको १ करोड १७ लाख ४५ हजार ३२० दशमलव ५७ कित्ता शेयर सूचीकृत गराएको हो । बिहीवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

बैंकले गत माघ १६ गते सम्पन्न बार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गरेको थियो । उक्त सभा प्रयोजनका लागि पुस पुस २८ गते एक दिन बुक क्लोज गरेकाले पुस २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो शेयर प्राप्त गरेका छन् ।  

१२ प्रतिशत बोनस शेयर सूचीकृत पश्चात बैंकको चुक्तापूँजी रू. १० अर्ब ९६ करोड २२ लाख ९९ हजार पुगेको छ। 

प्रतिक्रिया दिनुहोस