aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

सर्वाेत्तम सिमेन्टले ४ कराेड लगानीमा १५ बेड क्षमताको अस्पताल बनाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ चैत्र २०७७
Reliance life insurance
सर्वाेत्तम सिमेन्टले ४ कराेड लगानीमा १५ बेड क्षमताको अस्पताल बनाउने
Jagadamba
LBEF

काठमाडौं । नवलपरासीमा अवस्थित सर्वोत्तम समेन्टले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त क्षेत्रमा १५ बेड क्षमता सहितको अस्पताल निर्माण गर्ने भएको छ । कम्पनीले सुनवल नगरपालिकामा १५ बेडको अस्पताल बनाउने प्रतिबद्धता–पत्र प्रदान गरेको हो ।

सुनवलमा भएको एक कार्यक्रममा करीब ४ करोडको लागतमा सम्पन्न हुने उक्त अस्पताल निर्माणको प्रतिबद्धता–पत्र कम्पनीका अध्यक्ष विष्णु न्यौपानेका हातबाट सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापा क्षेत्रीले ग्रहण गरेका थिए ।

यसका साथै सोही कार्यत्रममा कम्पनीका अध्यक्ष विष्णु न्यौपानेका पिता लिलाराम न्यौपानेको स्मृतिमा भीम अस्पताल, भैरहवामा बनेको लिलाराम न्यौपाने आकस्मिक कक्षको समेत उद्घाटन भएको थियो ।

उक्त अत्यधुनिक कक्षमा २५ बेड सहित ३ वटा आई.सि.यू. तथा २ भेन्टिलेटर समेतको सुविधा रहेको छ भने सो २ तले भवनको निर्माण लागत ३ करोड २५ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस