aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

बजारमा सुनको चरम अभाव, तोलामा ३ हजारसम्म बढी तिर्न व्यवसायी नै वाध्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ चैत्र २०७७
Reliance life insurance
बजारमा सुनको चरम अभाव, तोलामा ३ हजारसम्म बढी तिर्न व्यवसायी  नै वाध्य
Jagadamba
LBEF

काठमाडौं । बजारमा सुनको चरम अभाव भएको भन्दै सुनचाँदी व्यवसायमा आवद्ध व्यवसायीहरूको छाता संस्थाहरूले सरकार तथा सुनको कोटा निर्धारण गर्ने राष्ट्र बैंकसँग लविङ गरे ।  सुन व्यापारीहरूको मागलाई सम्बोधन गर्दै राष्ट्र बैंकले तत्कालिन १० किलोको कोटालाई बढाएर २० किलो पुर्यायो । तर, पनि यसमा व्यवसायीहरू खुशी छैनन् । राष्ट्र बैंकले १० किलो सुनको कोटा तोकेको बेलाको भन्दा बढी दुःख सास्ती व्यवसायीहरूले पाइरहेका छन् । 

बजारमा सुनको चरम अभाव छ । राष्ट्र बैंकले कोटा तोकेको सुन कथित २० देखि ३० जना व्यवसायीका कब्जामा रह्दा देशभरका २० हजार व्यवसायीले दुःख पाइरहेका छन् । बढी मूल्यमा सुन किनेर बजार मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताले व्यवासायीहरूले यो व्यवसायबाटै हात धुनुपर्ने अवस्था आएको रिद्धि सिद्धि ज्वेलर्सका प्र्रवन्ध निर्देशक नरेन्द्र कुमार गुप्ताले बताए । ‘हामी आफ्ना ग्राहकलाई टिकाइ राख्न बजार मूल्यभन्दा ३ हजार रुपैयाँ बढीमा सुन खरिद गरेर बिक्री गर्न बाध्य छौं,’ उनले भने ‘पुरानो सुन किनेर बजार धान्न साह्रै गाह्रो भएको छ ।’

सुन वितरण प्रणालीमा भएको चलखेलका कारण वास्तविक व्यवसायीले सुन नपाउँदा बढी मूल्य तिरेर सुन खरिद गरी बिक्री गर्न बाध्य भएको उनले बताए । आफूले बढी मूल्य तिरेपनि आफ्ना रेगुलर ग्राहकलाई भने बजार मूल्यमा नै सुन दिएको गुप्ताले बताए । ‘हामीलाई सुन बिक्री गरेर नाफा हुने भनेको ज्यालाबाट हो,’ उनले थपे ‘ज्याला वापत आफूहरूले पाउने पैसाबाटै आफूहरूले नलिएर ग्राहकलाई सेवा दिइरहेका छौं ।’ वितरण प्रणालीअनुसार काठमाडौं उपत्यकाका लागि निकालिएको दुरुपयोग नभएपनि उपत्यका बाहिरको कोटाको सुन भने दुरुपयोग भएको उनको ठम्याइ छ । 

बजारको चरम अभाव भएको वास्तविकता भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ सदस्य तेजरत्न शाक्यले बताए । ‘अहिले बजारमा सुनको चरम अभाव छ,’ उनले भने ‘बजारमा ३ हजार ३५ सयसम्म तोलामा बढी लिएर सुन बिक्री भइरहेको छ ।’ बढेको कोटाको सुन आइनपुगेकोले पनि बजारमा सु्नको चरम अभाव भएको हो, उक्त सुन आएपछि अभाव केही टर्ने उनले बताए ।  अहिले अत्यावश्यक भएका ग्राहकलाई मात्र सुन दिने र गहनाका रुपमा त्यतिकै बनाएर राख्नेलाई नदिने गरी काम गर्न भनिएको छ,’ उनले थपे ‘ कोटाको सुन आएपछि बजार केही सहज हुने शाक्यले बताए ।  

यस्तो छ सुन वितरण प्रणाली

राष्ट्र बैंकको सुन वितरण कार्यविधि अनुसार उपत्यका बाहिर र उपत्यका भित्र आयातित कोटा सुुन ५०÷५० प्रतिशत वितरण हुन्छ । सो ५० प्रतिशत सुनमध्ये त्यसको ५० प्रतिशत सुन नेपाल सुनचाँदी व्यवसायी महासंघले पाउँछन् भने बाँकी ४० प्रतिशत नेपाल रत्न आभूषण महासंघ र कला व्यवसायी संघले पाउँछन् भने बाँकी १० प्रतिशत हस्तकला महासंघले पाउने व्यवस्था छ । 

करिब १० वर्ष अघिको सुन वितरण प्रणाली, बजारमा सुनको आवश्यकता, आपूर्तिको व्यवस्थाका विषयमा छुट्टै रिसर्च गर्नुपर्ने बेला आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । उनले भने ‘ हामी त्रिभुवन विश्व विद्यालयका प्रोफेसरदेखि राष्ट्रिय योजना आयोग, यससँग सम्बन्धित मन्त्रालय तथा राष्ट्रलाई समेत साथमा लिएर सुन बजारका बारेमा अध्ययन तथा अनुसन्धान गर्दैछौं ।’

हामीले चाहेको खुला बजार हो,’ उनले थपे ‘बजार खुला गर्न नसकिने भएपनि कोटा प्रणालीमार्फत नै सुन आयात गर्ने व्यवस्था भएपनि वर्षदिनभर आयात गर्ने एकमुष्ठ कोटा थपिदिएमा हामी आवश्यकता अनुसार सुन आयात गर्ने थिर्यौ ।’ यहि चैत १९ गतेदेखि नेपाल राष्ट्र बैंकले दैनिक २० किलो सुन आयात गर्न पाउने कोटा निर्धारण गरेको छ,’ उनले थपे ‘यहि हिसावले १ वर्षको हिसाव गरेर सुन आयात गर्न दिने व्यवस्था गर्दा राम्रो र वैज्ञानिक हुन्छ ।’

कोभिडका कारण भएको बन्दाबन्दी पछि गत चैत १९ गते २० किलोको दैनिक आयात कोटालाई झारेर १० किलोमा सीमित गरियो । अर्थतन्त्र चलायमान हुन थालेपछि बढ्न थालेको सुन बजारमा अहिले बजारमा सुनको चरम अभाव भइरहेको बेला बढेको कोटाले राहत मिलेको व्यवसायीले महसुस गरेका छन् । ‘अहिले बजारको दैनिक माग ३० किलो भएपनि बढेको कोटाले केही राहत मिलेको छ,’ उनले भने ‘राष्ट्र बैंकले कोटा बढाएर एकदम राम्रो गरेको छ ।’ 

कोभिड महामारी कारण ठप्प भएको सुनबजार अर्थतन्त्र चलायमान भएसँगै फस्टाउन थालेको छ । विवाहको लगन नजिकिएकोले अहिले बजारमा सुनको माग बढ्दै्र गएको छ । वैशाख महिनामा विवाहको लगत भएकोले ३०÷३५ किलो पनि बजार धान्न सक्दैन । बजारमा अझै सुनको माग बढ्छ भन्ने आँकलन सन व्यापारीहरूले लिएका छन् । अन्य समयमा भए वैशाख लागेपछि ५० किलोले पनि माग धान्न नसक्ने अवस्था थियो । तर, यो वर्ष कोभिका कारणले बजार केही कम हुने देखिएको छ । 

सुनको वितरण प्रणालीका विषयमा के भन्छ राष्ट्र बैंक

राष्ट्र बैंकले निधारण गरेअुनसार आयात भएर आएको सुन, सुन वितरण कार्यविधि अनुसार वितरण हुँदा त्यससँग सम्बन्धित व्यवसायीले लाभ पाएको वा नपाएको अर्थात वास्तविक व्यवसायीले सुन नपाएको गुनासो राष्ट्र बैंकमा नआएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । विवरण प्रणालीअनुसार सुन वितरण गर्दा चलखेल भएको ध्यान आकर्षण गराउन व्यवसायी आएमा यस विषयमा अध्ययन तथा अनुसन्धान गरेर राष्ट्र बैंकले उचित कदम चाल्नेछ,’ उनले भने ‘ वास्तविकता के हो, यस विषयमा व्यवसायीबाटै कुरा आउँदा राम्रो र हामीलाई थप व्यवस्थापन मिलाउन पनि सजिलो हुन्छ ।’
 

प्रतिक्रिया दिनुहोस