aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

मेरो शेयरका कारण बिग्रदैछ ब्रोकर र लगानीकर्ता बिचको सम्बन्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ चैत्र २०७७
Reliance life insurance
मेरो शेयरका कारण बिग्रदैछ ब्रोकर र लगानीकर्ता बिचको सम्बन्ध
Jagadamba
LBEF

काठमाडौँ । 'शेयर कारोबार अनलाइन भएपछि सहज होला भनेको त झन् हैरान पो थपियो', एक जना विदेशमा बसेका नेपाली लगानीकर्ताले आर्थिकन्युज डटकमसँग गुनासो गरे । दिपक बस्नेत ओखलढुङ्गा निवासी हुन्। उनी हाल दक्षिण कोरियामा छन्।  उनले आफूसँग भएको रकमलाई नेपालको पुँजी बजारमा लगानी गरिरहेका छन् । 

बस्नेतले कोरियामा आफ्नो व्यस्तता अति नै हुने भएकोले भएकाले थोरै समय निकालेर नेपालको पुँजी बजारमा लगानी गर्ने गरेका छन्। तर, अनलाइन कारोबार भएपछि उनले झन् समस्या भोगेको बताए।

अनलाइनबाट कारोबार गर्न अनलाइन प्रणालीमा देखिएको समस्याका कारण कारोबार झन्झटिलो भएको उनको गुनासो छ। 'कारोबार भइहाल्यो भने पनि कारोबार रकम राफसाफमा मेरो शेयरमा देखिएको समस्याका कारण ब्रोकरले सधैँ इडिआइस किन नगरेको भन्दै गाली गर्छन्' उनले तितो अनुभव पोख्दै गुनासो सुनाए ।

शेयर कारोबार गरिसकेपछि एक दिनमा राफसाफका लागि शेयर बेच्नेले इडिआइस गर्नु पर्ने नियम रहेको छ तर, मेरो शेयरको प्रणालीमा आएको समस्याका कारण एक दिन त के दुई दिनसम्म पनि प्रणाली नखुल्ने गरेको उनको अनुभव छ ।

उनीहरू भन्दै थिए, 'खै इडिएस गरेको ? शेयर बचेपछि इडिएस गर्न पर्छ भनेर थाहा छैन ?' आर्थिकन्युजको संवाददाता ३० मिनेट जति त्यहाँ रहँदा करिब २० जना जति ग्राहकलाई ती महिलाहरूले फोन गरे। उनीहरू हरेक पटक त्यही वाक्य दोहोर्याईरहेका थिए  ।

त्यसो त, विदेशमा रहेका लगानीकर्ताको मात्र समस्या होइन नेपालमै रहेका 'पकेट मनी' होला भनेर शेयर बजारमा लगानी गरेका र साधारण शेयर पारेका रवि बानियाँको समस्या पनि उस्तै छ । उनले आईपीओमा पारेको एक कम्पनीको शेयर बेचेको दुई दिन भयो तर, इडिआइस गर्न सकेका छैनन् । ब्रोकर कम्पनीले फोन गरेर अब फाइन लाग्छ भनेर डर देखाउन थालेको उनले सुनाए । विद्यार्थी भएकाले अब शेयर बेचेर खर्च चलाउने सोचमा रहेका उनी इडिएस गर्न नपाउँदा आउन लागको पैसा पनि नआउने पो हो कि भन्ने पिरोलोमा छन्।  

ब्रोकर कम्पनीहरूको समस्या पनि उस्तै छ । ब्रोकर नं ३६ मा हामी पुग्दा बिहानै १० बजेदेखि दुई जना महिला  कर्मचारीहरू शेयर कारोबार गर्ने ग्राहकलाई  फोन गर्न व्यस्त थिए । उनीहरू भन्दै थिए, 'खै इडिएस गरेको ? शेयर बचेपछि इडिएस गर्न पर्छ भनेर थाहा छैन ?' आर्थिकन्युजको संवाददाता ३० मिनेट जति त्यहाँ रहँदा करिब २० जना जति ग्राहकलाई ती महिलाहरूले फोन गरे। उनीहरू हरेक पटक त्यही वाक्य दोहोर्याईरहेका थिए  ।

यसले के प्रमाणित गर्छ भने अनलाइन शेयर कारोबारमा अझै धेरै समस्या छन् । अनलाइन शेयर कारोबारका लागि काम गर्ने निकायहरूले समयमा नै यो समस्याको समाधान नगरे लगानीकर्ताहरूको ठुलो लगानी समस्यामा पर्न सक्छ । ३६ खर्बको पुँजी बजार भर्चुलाइज भएको छ । सबैको खर्बौँको सम्पत्ति क्लाउड( हावा)मा छ । तर, यसको व्यवस्थापन गर्ने निकायले महिनौँ हुँदा समेत समस्या समाधान गर्न भने सकेको छैन ।

३६ खर्व रुपियाँ जनताको सम्पत्तिको अनलाइन व्यवस्थापन गर्ने जिम्मा पाएको एफ वान सफ्ट भने प्रणालीगत रूपमा आफ्नो सफ्टवेयर विश्व स्तरीय भएको दाबी गरिरहेको छ । अनलाइन प्रणालीका लागि आवश्यक पर्ने हार्डवेयरमा सिडीएस एण्ड क्लियरिंग लिले लगानी नगरेको एफ वान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाको आरोप छ। उता सिडीएसका प्रमुख कार्यकारी अधिकृत पूर्वप्रसाद आचार्य भने प्रविधि रूपमा आवश्यक पर्ने सबै हार्डवेयर खरिद गरिसकेको दाबी गर्छन्।

तर, खास समस्या कहाँनेर छ भन्ने कोही सार्वजनिक गर्न चाहिरहेका छैनन्। यता लगानीकर्ता शेयर कारोबारी र ब्रोकर बिचको सम्बन्ध भने यही कारण दिनदिनै चिसिँदै गएको छ। हरेक ब्रोकर अफिसमा कर्मचारी र कारोबारी बिच घम्साघम्सीको अवस्था बन्दा समेत खास जिम्मेवार पक्ष भने एक अर्काको कमजोरी देखाएर आरोप प्रत्यारोप गर्नमा नै व्यस्त छन्।    

अनलाइन मेरो शेयरसँग सम्बन्धी प्रविधि मेरो शेयरको विकास केही समय अघि विवादमा तानिएको एफ वान सफ्टले निर्माण गरेको हो । तर, एफ वानका प्रमुख कार्यकारी अघिकृत भने प्रयोगकर्ता धेरै भएका कारण प्रणालीमा समस्या देखिएको भनेर आरोप लगाउँछन् । उनले भने, 'नेपालमा शेयरमा लगानी गर्ने धेरै भए एकै पटक २० लाखले आइपीओको नतिजा हेर्न लग इन गरेपछि प्रणालीले कसरी धान्छ ? त्यही अनुसारको भौतिक पूर्वाधार पनि बनाउनु पर्‍यो नि।'

फेरि पनि एफ वान सफ्टलाई सोध्नै पर्ने प्रश्न हो, '२० लाख वा ५० लाख जतिसुकै प्रयोगकर्ता भए पनि सफ्टवेयरले त काम गर्नु पर्ने होइन र ? मानौँ नेपालका सबै नागरिकले एकै पटक लग इन गरे भने त ३ करोड भन्दा बढीले एकै साथ प्रयोग गर्छन् यो सेवा त्यो बेला के होला ? के यति सङ्ख्या भन्दा धेरैले एकै साथ प्रयोग गर्न नमिल्ने भन्ने निर्धारण गरेर सफ्टवेयर बनाएको हो र ?'  

प्रतिक्रिया दिनुहोस