aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

इसेवाबाट एयरलाइन्स् टिकट काट्दा शतप्रतिशत क्यास ब्याक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ चैत्र २०७७
Reliance life insurance
इसेवाबाट एयरलाइन्स् टिकट काट्दा शतप्रतिशत क्यास ब्याक
Jagadamba
LBEF

काठमाडौं । इसेवाबाट हवाई जहाज टिकट काट्दा शतप्रतिशत क्यास ब्याक पाइने भएको छ । इसेवा मार्फत आन्तरिक तर्फको एयरलाइन्स्का कुनै पनि गन्तव्यको टिकट काट्ने यात्रु यस योजनामा सहभागी सकिने कम्पनीले जनाएको छ । हरेक दिन तीन जनाले तीन हजारसम्मको टिकटमा शतप्रतिशत क्यास ब्याक पाउनेछन् भने त्यसभन्दा माथिको टिकटमा तीनहजार रूपैयाँ छुट पाउने कम्पनीको दावी रहेको छ । यो योजना ३१ चैतसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । 

यस्तै जाउँ है पोखरा अभियान अन्तरगत पोखरा जाने यात्रुहरुले एयरलाइन्स् टिकट काट्दा टिकट बुकिङ, होटल तथा रेष्टुरेन्ट तथा शाहशिक खेलहरूमा आकर्षक छुट प्राप्त गर्नेछन् । यात्रुहरुले इसेवा मार्फत टिकट काटिसकेपछि ‘जाउँ है पोखरा’ भन्ने विवरणमा क्लिक गरि यस्तो छुट पाइनेछ ।

 होटल तथा शाहशिक खेलमा छुट प्राप्त गर्नका लागि इसेवाबाट प्रि बुकिङ गर्नुपर्नेछ अथवा हवाइ टिकट देखाउनुपर्नेछ । अहिले पश्चिमाञ्चल होटल संघ पोखरा र इसेवाको सहकार्यमा जाउँ है पोखरा अभियान अन्तरगत पोखरा घुम्न जानको लागि विभिन्न प्रवद्र्धनात्मक कार्यहरु भइरहेका छन् । 

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४२ लाख नाघेको कम्पनीले जनाएको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख १० हजार  भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख २ लाख नाघिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस