aarthiknews.com आइतबार, ३० जेठ २०७८   Sunday, 13 June, 2021
 
nmb
Esewa_Remit

महुली लघुवित्तको साधारणसभा भोलि, लाभांश सँगै एफपीओको प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ चैत्र २०७७
Nabil Bank
महुली लघुवित्तको साधारणसभा भोलि, लाभांश सँगै एफपीओको प्रस्ताव
LBEF

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २५ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको केन्द्रिय कार्यालय, सप्तरीमा विहान ११ बजे सभा बोलाईएको हो । सभाले प्रस्तावित कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश पारित गर्नेछ । कम्पनीले यस वर्ष २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश तिवरण गर्न लागेको हो । 

लाभांश प्रस्तावसँगै सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय प्रतिवेदन सहित चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि अन्तिम रुप दिनेछ । साथै, प्रिमियममा एफपीओ जारी गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । 

सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट चार र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ गरी ६ सञ्चालकको निर्वाचन समेत गर्नेछ । अन्य कुनै वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १० एक दिन बुक कलोज गरेको छ । बुक क्लोजको आधारमा चैत ९ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य भएका छन् ।

यस वर्ष कम्पनीले गत वर्षभन्दा १० दशमलव ५३ प्रतिशत कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले २० प्रतिशत बोनस शेयर र ११ दशमलव ५८ प्रतिशत नगद लाभांश गरी कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश वितरण गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. १८ करोड ६६ लाख २० हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस