_20210405163608.jpg)
काठमाडौं । नेपालको सबैभन्दाबढी लोकप्रिय बेभरेज ब्रान्ड कोकाकोलाले यस गर्मीमा“घरमा स्पेशलखानाको सानो ट्रिट” ट्यागलाइनका साथउपभोक्ताहरूको लागिप्रवद्र्धन क्याम्पेन ल्याएको छ ।
उपभोक्ताहरुका लागि घरमा खानाको क्षणहरु विशेष र अविस्मरणीय बनाउन नेपालमा कोकाकोलाले २.२५ लिटर प्याक साइजको कोकाकोला, स्प्राइट रफ्यान्टाको खरिदमा२५० मिलीलिटरप्याकको निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यो प्रमोशनल अफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा हो जुन यो वर्षको शुरुमा सुरुवात गरिएको थियो । यसको मूल सन्देश– कोकसँग एउटा साधारण खानापनि एक उत्सवमा परिणत हुन सक्छ भन्ने रहेको कम्पनीको भनाइ रहेको छ ।
कोकाकोलाले सधैं उपभोक्ताहरूसँग सम्बन्ध बलियो बनाउनको लागि सधै युनिक क्याम्पेन ल्याउँदै रोमाञ्चक र अविस्मरणीय अनुभवहरू प्रदानगर्दै आएको छ ।
कोका–कोलाले यस अफरका साथ उपभोक्ताहरूले कोक, फ्यान्टा र स्प्राइटको खानाको साथ रमाइलो र आनन्द मनाउने छन् भन्ने लक्ष्य राखेको छ । यो अफर सीमित अवधिको लागी मात्र उपलब्ध कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस