aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

'बैंकिङ कसुर जस्तै बीमा कसुर ऐन आवश्यक छ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ चैत्र २०७७
Reliance life insurance
'बैंकिङ कसुर जस्तै बीमा कसुर ऐन आवश्यक छ'
दिपप्रकाश पाण्डे, प्रमख कार्यकारी अधिकृत, शिखर इन्स्योरेन्स
Jagadamba
LBEF

काठमाडौं । बैंकिङ कसुर ऐन जस्तै बीमा क्षेत्रमा पनि बीमा कसुर ऐन आवश्यक रहेको नेपाल बीमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्सका प्रमख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले बताएका छन् । बीमा क्षेत्रमा धेरै समस्या रहेकाले यी समस्यालाई समाधान गर्न र बीमा गर्ने÷गराउने दुबैलाई मर्यादित बनाउन पनि बीमा कसुर ऐन आवश्यक रहेको उनले बताए । 

उनले भने, ‘बीमा क्षेत्रलाई मर्यादित र संस्थागत सुशासन कायम राख्नलाई बीमामा नयाँ ऐन आवश्यक रहेको छ । बीमा गरिसकेपछि प्रिमियम नतिर्ने र बीमा क्षेत्रका अन्य बदमासीलाई पनि कानुनको दायरामा ल्याएर व्यवस्थीत गराउनका लागि पनि कानुन आवश्यक छ ।’

हाल बीमा ऐनका बारेमा संसदमा छलफल भइरहेको छ यो विषयमा हामी बीमा कम्पनी सञ्चालन गर्नेहरुले धेरै चासो लिन आवश्यक नरहे पनि सञ्चालहरुको सल्लाह भने माग भएको उनले बताए । 

बीमा कम्पनीका कर्मचारीहरुलाई नियममा बाँधने  होस वा बीमितलाई इमान्दार बनाउन बीमा कानुन आयो भने यी समस्या हल हुन्छन भन्ने हामी बीमा कम्पनी सञ्चालहरुको अपेक्षा रहेको उनले बताए । 

बीमा क्षेत्रमा अहिले हकप्रदको बाढी आएको प्रति पनि उनले गुनासो गरे। उनले भने, ‘ शेयर बजार उचाल्ने हिसावले मात्र हकप्रदको बाढी बजारमा आएको छ । यो बुझ्न सकिरहेको छैन । शिखर इन्स्योरेन्सले व्यवसायीक उद्देश्यले हकप्रद ल्याइरहेको हो तर बजारमा रहेको सबैले त्यहि गर्न पर्ने ।’

शिखर इन्स्योरेन्सले आफ्नो व्यवसायमा नयाँ योजना समेत ल्याउँदै छ हकप्रद मार्फत जगेडा गरेको पुँजीले अब पुनर्बीमा मार्फत हुने विदेशी खर्च कम गर्ने सोचमा रहेको उनले बताए । उनले भने, अहिले शिखर इन्स्योरेन्स कम्पनीको पुनर्बीमा खर्च ४५ प्रतिशत आन्तरिक रुपले रिटेन्सन गर्न सक्ने अबस्थामा रहेको र अब यसलाई ६५ प्रतिशत पुर्याउन लागेको उनले बताए । 

त्यस्तै, हवाइ क्षेत्रको बीमामा भने पुल बनाएर काम गर्न उनले सल्लाह दिएका छन । ५ देखि ६ वटा कम्पनीले यो क्षेत्रको बीमालाई व्यवस्थीत गर्नका लागि पुल बनाएर लागेमा सहज हुने उनले बताए । 

कोभिड बीमा भने अब समाधान तर्फ लागेकाले अब अन्य व्यापारमा लाग्न समय निकाल्न मिल्ने भएको उनले बताए । उनले भने, ‘कोरोना बीमाका कारणले नेपालको अर्थतन्त्रमा चलायमान गर्नका लागि केहि शक्ति मिल्यो अब योको दावीको भुक्तानी पनि लगभाग सकिने अबस्थामा छ ।  लागेको २०७२ सालको महाभूकम्प पनि हामीले नै व्यवस्थापन गरिसेका छौं ।’

करिब ९ अर्बको दावीमा ३ अर्ब ५० करोड सरकारको तर्फबाट निकासा हुनक्रममा रहेको र ४ अर्ब ५० करोड रुपैयाँ जोहो गरिसकेकोले अब करिब एक ढेड अर्ब रुपैयाँको व्यवस्थापन गर्दा कोरोना बीमाको भुक्तानी सकिने उनले बताए ।  
 

प्रतिक्रिया दिनुहोस