
काठमाडौं । बैंक वित्तीय संस्थाहरुबीचमा निक्षेप तानातान भइरहेका बेलामा बचत खातामा सबैभन्दा बढी निक्षेप संकलन गर्नेमा सिभिल बैंक परेको छ । गत दुई महिनाको निक्षेप संकलनको तथ्यांकका आधारमा सिभिल बैंकले १०.४३ प्रतिशत बचत खातामा निक्षेप वृद्धि गर्दै २७ वटा बाणिज्य बैंकमध्येमा पहिलो नम्बरमा देखिएको हो ।
त्यस्तै ७.०१ प्रतिशत बचत खाताको रकम वृद्धि गर्दै प्राइम कमर्शियल बैंक रहेको छ । त्यस्तै, तेस्रो नम्बरमा कुमारी बैंक, त्यसपछि सनराइनज, एनएमबि, ग्लोबल, सिटिजन, सिद्धार्थ, कृषि विकास सेञ्चुरी, नबिल, स्ट्याण्डर्ड चार्टर्ड रहेका छन् ।
त्यसैगरि, मेगा, प्रभु बैंक, एनसीसी, लक्ष्मी, नेपाल वंगलादेश बैंक, एनआइशि, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, एसबीआइ, राष्टिय बाणिज्य बैंक, एभरेष्ट बैंक र अन्त्यमा नेपाल बैंक रहेको छ।
प्रतिक्रिया दिनुहोस