नेप्सेमा २ अंकको गिरावट, कारोबारमा वृद्धि - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

नेप्सेमा २ अंकको गिरावट, कारोबारमा वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ असार २०७६
Sunrise bank
नेप्सेमा २ अंकको गिरावट, कारोबारमा वृद्धि
LBEF
NCH-IPS

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ दशमलव ७८ अंकले घटेर १ हजार २ सय ५८ दशमलव २९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

यसदिन १ सय ६७ कम्पनीको १४ लाख १३ हजार ३५७ कित्ता शेयर खरिदबिक्री भई ५७ करोड १ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ६३ अंकले घटेर २ सय ७० दशलमव ८१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरी लिमिटेडको भएको छ । जसको कारोबार आज १९ करोड ४२ लाख ७३ हजार रुपैयाँ बराबरको भएको छ । 

यस दिन सर्वा्िधक कमाउनेमा नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ९ दशमलव ९५ प्रतिशतले बढेको छ । 

साथै सर्वा्िधक गुमाउनेमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ६ दशमलव ३६ प्रतिशतले घटेको छ । 

यस दिन १२ वटा उपपरिसुचकहरुमा ४ वटा समूह बढेको छ भने ८ वटा समूह घटेका छन् । 
 

प्रतिक्रिया दिनुहोस