aarthiknews.com आइतबार, १७ मंसिर २०८०   Sunday, 03 December, 2023
 
Royal Enfield
sarbottamcement

चेम्बरमा चुनाव नहुने, सर्वसम्मतमा नेतृत्व चयन (सूची सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० चैत्र २०७७
Global IME
ime Limited
चेम्बरमा चुनाव नहुने, सर्वसम्मतमा नेतृत्व चयन (सूची सहित)
DHI
nmb

काठमाडौं । नेपाल चेम्बर अफ कमर्समा सर्वसम्मतमा नयाँ नेतृत्व चयन भएको छ । चुनावी प्रतिस्पर्धामा उत्रने निर्णय गरेका ८ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मतले नयाँ नेतृत्व चयन भएको हो । बिहीबार ८ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका लिएका थिए । चेम्बरको कुल ५५ सदस्यीय कार्यसमिति चयन भएको छ । 

चेम्बरको कार्यतालिका अनुसार चैत २६ र २७ गते काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा ७० औं वार्षिक साधारणसभा तथा निर्वाचन हुँदैछ । चेम्वरमा नयाँ कार्यसमितिको सर्वसम्मतले चयन भएपछि अब चुनाव नहुने भएको छ । यस अघि बरिष्ठ उपाध्यक्ष रहेका राजेन्द्र मल्ल अबको कार्यकालमा अध्यक्ष हुने निश्चित भएको हो । 

चेम्बरको विधान अनुसार सुरुमा ५५ जना सदस्यको लागि निर्वाचन हुने र उक्त निर्वाचतबाट चयन भएका सदस्यहरूले नै अध्यक्ष लगायतका पदाधिकारी चयन गर्नेछन् । संघीय संरचना अनुसार चेम्बरमा प्रदेशसहित कुल ६२ जनाको कार्यसमिति हुनेछ । प्रदेशबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको पनि केन्द्रिय कार्यसमितिले नै चयन गर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस