aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

माल्दिभ्सको राजधानी मालेमा कफ्र्यु अन्त्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० चैत्र २०७७
Reliance life insurance
माल्दिभ्सको राजधानी मालेमा कफ्र्यु अन्त्य
LBEF

माले । माल्दिभ्सको राजधानी मालेमा लगाइएको कफ्र्यु हटाइएको छ ।     माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकायले राजधानी सहरमा लगाइएको कफ्र्यु अन्त्य गरिएको बिहीबार जानकारी दिएको हो ।

सार्वजनिक स्वास्थ्य महानिर्देशक मैमुना अबु बाकरले बिहीबार प्रकाशित गरेको सूचनामा राति ११ बजेदेखि बिहान ४ः३० बजेसम्मका लागि लागू गरिएको कफ्र्यु हटाइएको उल्लेख छ ।

उनका अनुसार राजधानी मालेमा गत मार्च ४ देखि लगातार कफ्र्यु लगाइएको थियो । कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले कफ्र्यु लगाइएको पनि उनले सूचनामा उल्लेख गरेका छन ।

कफ्र्यु लगाएसँगै बन्द भएका प्राथमिक विद्यालय, डे केयर, जिम, विश्वविद्यालय, चलचित्र घरलगायत पनि कफ्र्यु हटाइएसँगै पूनः सुचारु हुने भएका छन् ।  

सुचारु गर्न लागिएका सेवा सञ्चालन गर्न कोरोनाभाइरसबाट बच्नका लागि अपनाउनु पर्ने आधारभूत सतर्कता र मापदण्ड भने पालना गर्नु पर्ने व्यवस्था गरिएको छ । त्यसका लागि सरकारले स्वास्थ्य सतर्कता निर्देशिकासमेत जारी गरेको छ । माल्दिभ्समा अहिलेसम्म २४ हजारभन्दा बढी मानिसमा कोरोनभाइरसको सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले जनाएका छन् । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस