aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

डिजिटल करेन्सीको प्रयोग कति ठिक कति बेठिक ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ चैत्र २०७७
Reliance life insurance
डिजिटल करेन्सीको प्रयोग कति ठिक कति बेठिक ?
Jagadamba
LBEF

डिजिटल मुद्रा अर्थात क्रिप्टो करेन्सीको चर्चा पछिल्लो वर्ष अत्याधिक बढेको देखिन्छ । चीनले आफ्नै डिजिटल करेन्सी प्रचलनमा ल्याउन प्रयोग शुरु गरिसकेको छ । यता, हाम्रो अर्को छिमेकी भारतले पनि अघिल्लो साता मात्रै आफ्नो आधिकारिक डिजिटल मुद्रा प्रचलनमा ल्याउनेबारे औपचारिक अध्ययन शुरु गरिसकेको छ । युरोपमा डिजिटल युरो ल्याउनेबारे अध्ययन लगभग पुरा गरेर यसै वर्षको मध्यसम्ममा जारी गर्ने तयारी समेत थालिएको छ । 

नेपालमा पनि केहि समय अघि बिट क्वाइन लगायतका क्रिप्टो करेन्सीको कारोबार भइरहेको भनेर त्यसलाई रोक्न प्रहरीको अनुसन्धान विभाग नै सक्रिय बनेको थियो । जसका कारण केहि कारोबारीको भागाभाग नै भयो । नेपालमै डिजिटल करेन्सी माइनिङ गरिरहेको अवस्थामा केहि वर्ष अघि ‘हाइस्फेसिकेसन’ सहितका कम्प्युटर र त्यसलाई सञ्चालन गर्ने केहि व्यक्तिहरु समेत पक्राउ परेका थिए ।  

अहिले चर्चा गर्न खोजिएको विषय के हो भने क्रिप्टो करेन्सीको प्रयोग कति सहि हो ? यसले दिर्घकालिनरुपमा हामीलाई क्षति गर्छ या लाभ दिन्छ ? अनि, महत्वपुर्ण विषय चाँही यो हो की, नेपाल जस्तो देशमा क्रिप्टो केरेन्सीको प्रयोग आजको मितिमा व्यवहारिक हुन्छ या हुन्न ?  

यी सबै विषयहरुमा प्रवेश गर्नुभन्दा अगाडी विश्वव्यापीरुपमा विद्धानहरु यसको प्रयोगका पक्ष र विपक्षमा के कस्ता राय र तकै पेश गरिरहेका छन् भन्ने कुरा अध्ययन गर्न उपयुक्त हुन्छ । 

पछिल्लो समय बिट क्वाइनाको मूल्यमा अत्याधिक बृद्धि भएपछि विश्वकै सर्वाधिक धनि केहि व्यापारीहरुले समेत त्यसमा लगानी गरे । सो लगानीसंगै यसको मूल्य अझ आकाशियो । संगसंगै यस्तो लगानी सहि या गलत के हो भन्ने विषयमा चर्चासमेत घनिभूत बने ।  

फाइनान्सियल टाइम्समा अर्थशास्त्री दम्बिसा मोयोले बिट क्वाइनमा लगानी गर्नु ठुला व्यापारीहरुका लागि सहि निर्णय सावित हुने तर्क अघि सारेकी छिन् । उनले भनेकी छिन्, ‘यसले कम्पनीको जोखिम कम गर्न मद्दत गर्छ ।’ संगसंगै उनको के पनि भनाई छ भने क्रिप्टो करेन्सीहरुले अहिलेको संकटपुर्ण अर्थ व्यवस्थामा व्यापारहरुलाई सहज बनाउन थप सम्भावनाहरु खुल्ला गरिदिन्छ । त्यस बाहेक मुद्रा बजारमा क्रिप्टो केरेन्सीले नयाँ भविष्यहरुसमेत निर्माण गर्ने उनको तर्क छ । 

तर, कोलम्बिया विश्व विद्यालयका प्रोफेसर विलियम एच. बुइटरले मोयोका तर्कहरुलाई खण्डन गर्दै प्रोजेक्ट सिन्डिकेटमा लेखेका छन्– विश्वका ठुला व्यापारीहरु बिट क्वाइनबाट टाढा बस्नु पर्छ । किनकी क्रिप्टो केरेन्सी क्रान्ति पहिले नै असफल भइसकेका छन् ।  

बुइटरको प्रश्न के छ भने, मोयोले भने झै बिट क्वाइनले कम्पनीहरुको जोखिमलाई कसरी कम गर्न सक्छ ? उनि थप स्पष्ट पार्दै लेख्छन्– क्रिप्टो केरेन्सीले सिर्जना गर्ने फोकाहरु कति बेला फुट्छन् भन्ने अनुमान नै गर्न सकिदैन । यस्तो यथार्थका बिच कसरी त्यसमा गरिएको लगानीलाई सुरक्षित मान्न सकिन्छ । उनी अझ त्यसमा जोखिम कहाँनेर देख्छन् भने बरु बिट क्वाइनमा लगानी गरेका अरु प्रतिस्पर्धीले खेल्ने मौका पाउँछन् र लगानी जोखिमपुर्ण अवस्थामा पुग्न सक्छ । 

भारत र चीन जस्ता उदयमान अर्थतन्त्रका लागि भने डिजिटल केरेन्सीले केहि समस्याहरुको समाधान दिन सक्ने अर्थशास्त्रिहरुको भनाइ छ । यदि त्यस्ता मुलुकहरुका केन्द्रिय बैंकहरुले नै डिजिटल मुद्राहरु सार्वजनिक गर्ने हो भने त्यसले खासै जोखिम ननिम्त्याउने देखिन्छ । तर, के कुरामा ध्यान दिनु पर्छ भने यस्ता डिजिटल करेन्सीहरु नियन्त्रित मात्रामा मात्र प्रचलनमा ल्याउनु पर्छ । अनि, कुनै पनि हालतमा निजि क्षेत्रलाई यस्ता मुद्रा निष्किासन गर्ने अनुमति दिनु हुँदैन । निजि क्षेत्रलाई यस्ता डिजिटल मुद्राहरु माइनिङ गर्न दिने हो भने त्यसले भयावह पुर्ण स्थिती सिर्जना गर्ने निश्चित छ ।  

बिट क्वाइन कै कुरा गर्ने हो भने पछिल्लो वर्ष मात्रै यसको मूल्यमा यति ठुलो उत्तार चढाव भयो की जसका कारण निम्न र मध्यम आय भएका कतिपय मुलुकहरु यसप्रति बेखबर बन्न सकेनन् । किनकी अवैधानिकरुपमा पनि यी देशका मानिसहरुले बिट क्वाइनमा लगानी गरिरहेका छन् । 

बिट क्वाइनको मूल्यमा यसरी अत्याधिक बृद्धि हुनुको अर्को कारण के हो भने यसको आपूर्ति निश्चित मात्रामा मात्र हुन सक्छ । जम्मा २ करोड १० लाख  युनिट मात्र बिट क्वाइन बजारमा उपलब्ध छ । जब की कुनै पनि मुद्रा आवश्यकता अनुसार आपूर्ति गर्न सकिने खालको हुनु पर्छ । त्यसैले पनि केन्द्रिय बैंकहरुले जारी गरे बाहेकका डिजिटल केरेन्सीहरुमा गरिएको लगानी जोखिमपुर्ण नै हुन्छन् । हाम्रो जस्तो मुलुकमा त झन् केन्द्रिय बैंकले नै पनि डिजिटल करेन्सी जारी गर्ने र त्यसलाई व्यवहारमा ल्याउने कुरा हाललाइ अव्यावहारिक सिद्ध हुने निश्चित छ ।  

प्रतिक्रिया दिनुहोस