aarthiknews.com सोमबार, ०३ जेठ २०७८   Monday, 17 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

कुलप्याडको लखपति योजना, हरेक साता १ लाख जित्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ चैत्र २०७७
Reliance life insurance
कुलप्याडको लखपति योजना, हरेक साता १ लाख जित्न सकिने
LBEF

काठमाडौं । स्मार्टफोन ब्राण्ड कुलप्याडले आफ्ना उपभोक्ताहरुको लागि नयाँ वर्ष २०७७ को अवसर पारेर लखपति योजना सार्वजनिक गरेको छ । नेपालको लागि कुलप्याड मोबाइलको आधिकारीक आयातकर्ता तथा बितरक कम्पनी एसडी इन्टरनेशनल प्रालिले यहि चैत १३ गते शुक्रबार एक कार्यक्रमका बिचमा कुलप्याड लखपति योजना सार्वजनिक गरेको छ ।

कुलप्याड मोबाइलको ब्राण्ड एम्बेस्डर शिल्पा मास्केले हरेक साता एकजना भाग्यशाली ग्राहकहरुलाई १ लाख रुपैयाँ उपहारमा प्रदान गर्ने लखपति योजना सार्वजनिक गरे । कुलप्याण्ड लखपति योजनामा कम्पनीले कुलप्याण्डका स्मार्टफोनहरु किन्ने ग्राहकहरुमध्येबाट प्रत्येक साता एक जना भाग्यशाली ग्राहकलाई १ लाख रुपैयाँ उपहार प्रदान गर्नेछ ।

त्यसैगरि प्रत्येक साता कम्पनीले ५ जना बिजेताहरुलाई कुलप्याड स्मार्टफोन समेत उपहार प्रदान गर्नेछ । यसका साथमा कम्पनीले प्रत्येक साता १० वटा कुलप्याडको इयरबड समेत प्रदान गर्नेछ । 

कम्पनीले आगामी २०७७ बैशाख मसान्तसम्म आयोजना गर्ने कुलप्याड लखपति योजनाअन्तरगत ८ सातामा ८ जना प्रत्येक ग्राहकहरुलाई १ लाख रुपैयाँ, ४० वटा स्मार्टफोनहरु र ८० वटा कुलप्याड इयरबड प्रदान गर्नेछ ।

सो योजनामा सहभागी हुन कुलप्याडका कुनैपनि स्मार्टफोन खरिद गरेर त्यसको आईएमईआई नम्बर ३३००१ मा एसएमएस गरी पठाउनुपर्नेछ । यसको लागि कुलप्याड लेखेर स्पेस दिई आईएमईआई नम्बर लेखेर स्पेस दिई ग्राहकको नामसहित ३३००१ मा पठाउनुपर्नेछ ।

यस योजनामा प्रत्येक साता सहभागीहरुलाई गोलाप्रथाद्धारा छनौट गरि कुलप्याडको आधिकारीक फेसबुक पेजबाट घोषणा गरिनेछ । लखपति योजनाले कुलप्याडको ग्राहकहरुलाई नयाँ वर्षमा नयाँ उपहार दिने कम्पनीका जनरल म्यानेरज कर्पोरेट हेड उपेन्द्र शाहले बताए।

हाम्रा ग्राहकहरुले छोटो अवधिमा नै कुलप्याड ब्राण्डलाई मनपराउनुभएको छ । त्यसैले नयाँ वर्षको अवसर पारेर हाम्रा ग्राहकहरुलाई सम्मानस्वरुप लखपति योजना ल्याएका हौं  उनले भने । कुलप्याडका फोनहरु किनेर नयाँ वर्षमा लखपति हुने अवसरको लाभ उठाउन ग्राहकहरुलाई अनुरोध गर्दछौं । जनरल म्यानेरज कर्पोरेट हेड उपेन्द्र शाहले भने । यो योजना आइतवारदेखि नेपालभर लागू भएको छ ।

यसका साथै कम्पनीले लखपति योजनाको अवसर पारेर आफ्नो नयाँ मोडल कुल १० पनि सार्वजनिक गरेको छ । कम्पनीले कुल १० सूपथ मूल्यमा उत्कृष्ट फोन चाहने ग्राहकहरुलाई लक्षित गरेर सार्वजनिक गरेको हो। कुल १० स्मार्टफोन नेपालभर उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस