ज्योति लाईफ र समर अस्पतालबीच सम्झौता - Aarthiknews
aarthiknews.com शनिबार, ३० कार्तिक २०७६   Saturday, 16 November, 2019
 
Bajaj_Bike

ज्योति लाईफ र समर अस्पतालबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
Sunrise bank
ज्योति लाईफ र समर अस्पतालबीच सम्झौता
LBEF
NCH-IPS

काठमाडाैं । ज्योति लाईफ इन्स्योरेन्सले जनकपुर स्थित समर अस्पतालसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ । 

उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले  अस्पतालबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् । 

सम्झौता पश्चात जनकपुर लगायत आसपासका कम्पनीसंग आबद्ध सम्पूण लाभान्वित हुने जनाएको छ । सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र समर अस्पतालका प्रबन्ध निर्देशक डा. सुजित यादवले हस्ताक्षर गरेको थियो । उक्त सम्झौता ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रदेश नं २ का क्षेत्रीय प्रबन्धक दिपेन्द्र यादवले आदान प्रदान गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस