नेप्सेमा झिनो अंकको वृद्धि भएपनि कारोबारमा गिरावट - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

नेप्सेमा झिनो अंकको वृद्धि भएपनि कारोबारमा गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
Sunrise bank
नेप्सेमा झिनो अंकको वृद्धि भएपनि कारोबारमा गिरावट
LBEF
NCH-IPS

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) शुन्य दशमलव ९६ अंकले बढेर १ हजार २ सय ६१ दशमलव ०७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

यसदिन १ सय ७४ कम्पनीको १३ लाख २४ हजार ५१९ कित्ता शेयर खरिदबिक्री भई ३६ करोड ४७ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ४० अंकले बढेर २ सय ७१ दशलमव ४४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार एनसीसी बैंक लिमिटेडको भएको छ । जसको कारोबार आज २ करोड ५३ लाख ८४ हजार रुपैयाँ बराबरको भएको छ । 

यस दिन सर्वा्िधक कमाउनेमा गणपति वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ९ दशमलव ९२ प्रतिशतले बढेको छ । त्यस्तै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थााको ७ दशमलव ५६ प्रतिशतले बढेको छ । 

साथै सर्वा्िधक गुमाउनेमा मल्टी प्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ६६ प्रतिशतले घटेको छ । 

यस दिन १२ वटा उपपरिसुचकहरुमा ६ वटा समूह बढेको छ भने ६ वटा समूह घटेका छन् । 
 

प्रतिक्रिया दिनुहोस