aarthiknews.com मंगलबार, ३१ असार २०७६   Tuesday, 16 July, 2019
 

लगानी सम्मेलन गरेकै वर्ष उद्योग क्षेत्रमा लगानी घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
Sunrise bank
लगानी सम्मेलन गरेकै वर्ष उद्योग क्षेत्रमा लगानी घट्यो
NIBL-Capital-inside
LBEF

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा उद्योग क्षेत्रमा लगानीघटेको छ । उद्योग विभागको तथ्याकंअनुसार आर्थिक वर्ष २०७४÷७५ को जेठ मसान्तसम्म ५२ अर्ब ८७ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा १७ अर्ब ९४ करोड रुपैयाँ बराबरको मात्रै लगानी प्रस्ताव आएको छ । 


चालू आर्थिक वर्षमा वैदेशिक लगानीका साथै स्वदेशी लगानी पनि गिरावट आएको छ । गत आवमा ४ सय २७ उद्योगमार्फत ३ खर्ब ५ अर्ब ३६ करोड रुपैयाँबराबरको प्रतिवद्धता आएको थियो । तर, चालू आवमा विभिन्न क्षेत्रका ४ सय १६  उद्योगमार्फत २ खर्ब ७१ अर्ब २४ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । 


चालू आर्थिक वर्षमा स्वदेशी लगानीमा खनिजजन्य उद्योगको क्षेत्र पनि न्यून लगानी भएको छ । यस क्षेत्रमा गत आवमा ३ उद्योगमा २ अर्ब २२ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी प्रतिवद्धता आएकोमा चालू आवमा एउटा उद्योगमार्फत जम्मा १ करोड २८ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । चालू आव ऊर्जा क्षेत्रमा २ खर्ब रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । जबकी गत आवमा २ खर्व ९ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धतामा आएको थियो । सरकारले वैदेशिक लगानी भित्र्याउनका निम्ति चालू आवमै लगानी सम्मेलन गरेको भने पनि त्यसको प्रभाव देखिएको छैन ।


 

प्रतिक्रिया दिनुहोस