aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike
स्थलगत अध्ययन

उपत्यकालगायत छेउछाउका जिल्लामा जग्गाको कारोबार बढ्यो, एक वर्षमै मूल्य दोब्बर

  • मेनुका कार्की
    मेनुका कार्की
  • सोमबार, ०९ चैत्र २०७७
Reliance life insurance
उपत्यकालगायत छेउछाउका जिल्लामा जग्गाको कारोबार बढ्यो, एक वर्षमै मूल्य दोब्बर
Jagadamba
LBEF

काभ्रे । काभ्रेपलाञ्चोकको तिनपिप्ले नजिक २ रोपनी जग्गा देखाउँदै भने जग्गा यहि हो । बिजुली तार र बाटोमा पर्ने जग्गा काटेर दिने हो । मूल्य पछि भनौला । अहिले जग्गा हेर्नुस्। पहिला जग्गा हेर्नुस् । तपाईहरूलाई कस्तो र कति मूल्यको जग्गा चाहिने हो । हामी सोही अनुसार देखाउँछौं । हामीसँग सस्तोदेखि महँगा जग्गा पनि छन् । सडकमै जोडिएको जग्गा लिने हो भने आनाको ३५/४० लाखसम्म पर्छ अलि भित्र पसे ६/७ लाख आनामा पनि पाउन सकिन्छ, पाँचखालका जग्गा कारोबारी सरोज दुलालले भने ।  

सस्तोमा १२ लाख रोपनीदेखि मध्यमस्तरको ५० लाख रोपनी र महँगोमा आनाकै ५० लाख पर्ने जग्गा पनि हामीसँग छ । हेर्नुस् चित्त बझे लिनुस् । हेर्दैमा जग्गा लिनुनै पर्छ भन्ने छैन । हामी यसरी नै दैनिक ६/७ ग्रूपलाई जग्गा देखाइरहेका हुन्छौ र शनिबार भने हाम्रो कागजात देखाउने तथा बैना लिने काम हुन्छ । अन्य दिन ग्राकहलाई फूर्सद नहुने भएकोले पनि हामीलाई शनिबार भने अलि भ्याई नभ्याई हुने गरेको छ ।’

‘गत वर्ष जग्गा किन्नेले मालामाल कमाएको छन् । अब जग्गाको भाउ घट्दैन, बरु बढ्दै जान्छ । त्यसैले अहिले खरिद गरेर राखे ६ महिना वर्षदिन पछि यसकै डब्बल मूल्यमा म नै बिक्री गरिदिन्छु,’ दुललाले भने । यतिबेला काभ्रे र धादिङका जग्गा कारोबारीहरूलाई भ्याइ-नभ्याइ छ । दिनहुँ विभिन्न ग्राहकलाई जग्गा देखाउने र यस विषयमा डिल गर्दै उनीहरूको दिन चर्या बित्ने गरेको छ ।

शनिबारको दिन त उनीहरूलाई खाना खाने फूर्सदसम्म हुँदैन । काठमाडौं, रामेछाप तथा सिन्धुपाल्चोकलगायत तराईका केही जिल्लाहरूबाट जग्गा किन्ने ग्राहकहरू आउने गरेको उनले बताए । ‘निजी आवास तथा उद्योग स्थापना गर्ने प्रयोजनको लागि जग्गा गरिद गर्न आउने गरेको उनले जानकारी दिए । 

धादिङ धुनिबेसी नगरपालिकाको छत्र देउरालीमा अहिले जग्गा किन्नको लागि दैनिक मान्छे पुग्छन् र सातामै जग्गा कारोबार पनि हुने गरेको छ। कसैले बैना लिएर बैनामै जग्गा बिक्री गर्ने गरेका छन् भने कसैले लिएर ४/५ वर्षसम्म राखेर बिक्री गर्ने प्रयोजनका लागि जग्गा खरिद गर्ने गरेको चन्द्रागिरी नगरपालिका जग्गा कारोबारी सरोज महर्जनले बताए । उनले भने ‘अहिले मैले दिनमै काठमाडौंंको मातातिर्थ, दहचोकलगायत धादिङको विभिन्न ठाउँमा जग्गा देखाउने गरेको छु,’ उनले भने ‘अहिले गत आवको भन्दा जग्गाको मूल्य बढेर दोब्बर भएको छ ।’

काठमाडौंसँग जोडिएको जिल्ला धादिङमा पनि अहिले जग्गाको मूल्य अत्यधिक बढेको छ । धादिङको छत्र देउराली, महादेव वेशी, नौबिसे, टायल घर, धार्केलगायतका क्षेत्रमा पनि अत्यधिक जग्गाको मूल्य बढेको छ। थाक्रे गाउँपालिका महादेवबेसीका नारायक कार्कीले अहिले यो क्षेत्रमा जग्गाको मूल्य र किन्ने दुबै बढेको बताए । सडक छेउमा २५ मिटर कटाएर आनाको ३० र अन्य स्थानमा आनाको १५ लाखका दरले जग्गाको कारोबार भइरहेको बताए । 

'वर्षसम्म यसको आधा मूल्यमै सो जग्गा पाउन सकिन्थ्यो,’ उनले भने ‘दिनहुँ जग्गाको मूल्य बढ्दो गतिमा छ ।’ छत्र देउरालीतिर काठमाडौं जोडिएको ठाउँमा जग्गाको. मूल्य ५/६ लाख आनादेखि अलिभित्र १५/२० किलोमिटरसम्म रोपनीको १२/१५ लाखमा जग्गा खरिद बिक्री भइरहेको हरि थापाले बताए ।

‘टायल घरका उनले सडकबाट भित्र ठाउँ अनुसार रोपनीको १० लाखदेखि २५/३० लाख आनासम्ममा जग्गा खरिद हुने गरेको छ । अलि भित्र आनामै १२/१५  रुपैयाँ पनि पर्ने गरेको छ । भिरालो जग्गा आनाको ८ लाखमा किनेर डोजरले सम्याइ प्लटिङ गरेपछि एक महिनामै भाउ दोब्बर पुर्याएर बिक्री गर्ने गरेको उनीहरूको भनाइ छ । 

कीर्तिपुरको विभिन्न क्षेत्रमा पनि जग्गाको भाउ दिनप्रतिदिन बढेको छ । नयाँ नयाँ ग्राहकहरू जग्गाको खोजीको लागि आउने गरेको स्थानीय जग्गा कारोबारी रमेश बुढाथोकीले बताए ।  टौदहमा पनि अहिले राम्रो तथा बाटो छेउको जग्गा आनाकै ३०/३५ लाख बिक्री भइलागेको छ । बाटो पुगेको ठाउँमा १० लाख र भित्र ५ लाखदेखि ८ लाख रुपैयाँ आनाको कारोबार भइरहेको स्थानीयले बताए ।

बाहिरी चक्रपथ बन्ने हल्ला भएपछि जग्गाको भाउ अझ आकासिँदो छ, दैनिक १०/१२ समूह जग्गा खोज्न आउँछन् । कतिपयले जग्गा आफ्नो नाममा नामसारी नै नगरी बैनाम्रे जग्गा बिक्री गर्ने गरेका छन् भने केही कारोबारीले जग्गाको बैना दिएर जग्गा प्लटिङ गरिरहेको टौदहका बिमल नगरकोटीले बताए । जग्गा पासै नगरी नाफा लिँदै बैना एकबाटै अर्को खरिदकर्तालाई दिने प्रचलन बढ्दै गएको छ ।

टौदहमा मात्रै होइन, कीर्तिपुर नगरपालिकासँग जोडिएको शिखरापुर नगरपालिको खहरे, चाल्नाखेल, ग्वाल्दह, बासबारी, भन्जाङलगायकतका ठाउँमा पनि जग्गाको उस्तै कारोबार बढेको छ । आनाको १८/२० मा जग्गाको कारोबार भइरहेको ग्वाल्दहका रामशरण खडकाले बताए । यहाँ जग्गा बिक्री गर्ने भन्यो भने सातामै जग्गा बिक्री भइसक्छ,’ उनले भने । 

सुन्दरीजल क्षेत्रमा पनि जग्गाको भाउ यसरीनै आकासिएको छ । तीनचार महिनाअघिसम्म २५ देखि ३० लाख आनामा जग्गा पाउन मुस्किल छ ।  लकडान पछि जग्गा खोज्ने मानिस धेरै आउने गरेका छन् । मागसँगै जगाको मूल्य त्यहि हिसावले बढ्दै्र गएको स्थानीय जग्गा कारोबारी अर्जुन थपलियाले बताए । गत वर्ष नागार्जुन क्षेत्रको जग्गाको भाउ बढेर अहिले ३५ देखि ४० लाखसम्म पुगेको नागार्जुन रानीवनका हेमबहादुर थापाले बताए । 

अनुसार नागार्जुन, थानकोट, कीर्तिपुर, भैंसेपाटी, इमाडोललगायतका क्षेत्रमा जग्गा प्लटिङ गरेर बिक्री गर्नेको संख्या थपिँदै गएको छ । ’एक वर्षमा जग्गाको भाउ दोब्बर बढ्यो,’ जोरपाटीका सुदीप ढुंगान भन्छन्, ’ गत वर्ष माघमा २ करोडमा घर किनेको थिए, अहिले साढे ३ करोड दिन आइसके ।’ चाबहिलकी रचना सुवेदीले तीन महिना अघिमात्र मूलपानीमा आनाको २२ लाख रुपैयाँमा किनेको चार आना जग्गा अहिले ३० लाख दिन आइसकेको बताइन् । साँखुमा पनि जग्गाको भाउ अत्यधिक बढेको छ । अहिले जग्गाको मूल्य बढेर छोइ नसक्नु भएको स्थानीय नारायण अधिकारीले बताए । 

घरजग्गाको कारोबार बढ्दा ’बैना टु बैना’ को कारोबारसमेत बढ्दैछ । चाबहिल र कलंकीमामात्र होइन, काठमाडौंको अन्य मालपोत कार्यालय कलंकी, मनमैंजु, टोखामा पनि दिनप्रतिदिन जग्गा खरिदकर्ताको भीडभाड बढ्दो छ भने देशका नयाँ सहर बन्दै गरेका र  बन्ने सम्भावना रहेको स्थानमा समेत जग्गाको भाउ बढी रहेको भूमि व्यवस्था तथा अभिलेख विभागका प्रवक्ता गुरु दत्त सुवेदीले बताए ।

जग्गाको कारोबार र मूल्य बढेपनि सरकारले सोही अनुसारको राजस्व पाउन सकेको छैन । सरकारी मूल्यांकनभन्दा दोब्बरमा जग्गाको कारोबार भइरहेको छ । तर, सरकार भने यसमा मौन भएर बसेको छ। बजारमूल्य अनुसार जग्गा खरिद बिक्री गर्ने प्रावधान नहुँदा यसका कारण सरकारी ढुकुटीमा सरकारी कारोबारअनुसारमात्रै जग्गा बिक्री हुने गरेको आर्थिक न्यूजले गरेको स्थलगत अध्ययनले यो देखाएको हो । 

‘सरकारी मूल्यांकनलाई यथार्थ परक र वस्तु परक बनाउन हामीले काम गरिरहेका छौं,’ उनले भने ‘गत वर्षको अवधिमा जग्गाको कारोबार दोब्बर नै भएको तथ्या्रंकले देखाएको छ । चालु आवको फागुनसम्ममा २३ अर्ब ७४ करोड राजस्व संकलन भइसकेको छ,’ उनले भने । 

चालु आवको फागुनमा मात्रै ७६ हजार ४९१ वटा लिखत पारित भएको छ भने ५ हजार १६४ नामसारी, ६४ हजार ४३८ रोक्का र ३६ हजार ९४२ वटा जग्गा फुकुवा भएको छ । बकसपत्र तथा दृष्टि बन्धक (बैंक धितो)मा जग्गा राख्नेको भीड लाग्ने गरेको छ ।

सस्तो लोन
जग्गाको भाउ अकासिनुको प्रमुख कारण सस्तो ब्याजदर हो । अहिले घरजग्गाको खरिद गर्न बैंक तथा वित्तीय संस्थाले विभिन्न योजना ल्याएका छन् । जग्गा खरिद गर्नकै लागि पनि बैंकहरूले कर्जा दिन थालेपछि घरजग्गाको कारोबार बढेको हो । अहिले बैंकहरूले साढे ७ प्रतिशतदेखि ९ प्रतिशतसम्म सहजै लोन पाइरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले गत माघसम्म १० अर्ब १३ करोड रुपैयाँ रियल स्टेट क्षेत्रमा लगानी गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस