aarthiknews.com मंगलबार, ३१ असार २०७६   Tuesday, 16 July, 2019
 

सुनको भाउले हालसम्मकै उच्च, फेरी बढ्यो मुल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
Sunrise bank
सुनको भाउले हालसम्मकै उच्च, फेरी बढ्यो मुल्य
NIBL-Capital-inside
LBEF

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै महंगो बनेको छ । मंगलबार सुनको भाउ तोलामा ५०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

गएको शुक्रबारदेखि तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा ५ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औँस ३० डलरले बढेको छ । सोमबार प्रति औँस १४ सय ४ डलरमा कारोबार भएको सुन मंगलबार १४ सय ३५ डलर पुगेको हो । 
.

चाँदीको भाउ भने तोलाको ७ सय ४० रुपैयाँ नै कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस