यस्तो पो कार्यालय, सेवाग्राही वडामा १५ मिनेटभन्दा बढी कुर्नुपर्दैन - Aarthiknews
aarthiknews.com शनिबार, २८ मंसिर २०७६   Saturday, 14 December, 2019
 
Bajaj_Bike

यस्तो पो कार्यालय, सेवाग्राही वडामा १५ मिनेटभन्दा बढी कुर्नुपर्दैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
Sunrise bank
यस्तो पो कार्यालय, सेवाग्राही वडामा १५ मिनेटभन्दा बढी कुर्नुपर्दैन
LBEF
NCH-IPS

ललितपु । ललितपुर महानगरपालिका–९ कला संस्कृतिले प्रसिद्ध छ । ललितपुरको सबैभन्दा पुरानो दुई मूर्ति (गजलक्ष्मी र उमामहेश्वरी) का साथै दुई हजार वर्ष पुरानो एमपी महाविहार, लिच्छबीकालीन मूर्ति, भैरवलाच्छीँ, उमामहेश्वरीको मन्दिर पनि यही वडामा छन् । वडाध्यक्ष राजु महर्जनले आफ्नो वडाबाट सेवाग्राहीलाई जतिसक्दो छिटो सेवा प्रवाह गर्ने व्यवस्था मिलाएका छन् । 

यतिबेला वडाअध्यक्ष महर्जन अधिकांश चुनावी प्रतिबद्धता पुरा गर्न तर्फ लागेका छन् । पहिलादेखि नै स्थानीय सामाजिक संघसंस्थामा बसेर काम गरेकाले वडाका समस्याबारे उनी निकै जानकार थिएँ ।

समस्या समाधान गर्ने, विकास निर्माणका काम गर्नेलगायतका प्रतिबद्धता जनाएका थिए । दुई वर्षको अवधिमा चुनावी घोषणापत्रमा गरेका प्रतिबद्धता करिब पूरा गरेको उनको भनाई छ । 

ढल बिछ्याउने, पानीको समस्या समाधान गर्ने, विद्युत् चुहावट रोक्ने, भूकम्पले क्षतिग्रस्त सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्नेलगायतका प्रतिबद्धता गरेकोमा कामहरू भइरहेको उनको भनाई छ । 

सेवाग्राहीको काम चुस्तदुरुस्त भइरहेको छ । दुई वर्षको अवधिमा करिब ८० प्रतिशत सडक मर्मत गरेको वडाअध्यक्ष महर्जन बताउँछन् । कुनै पनि सेवाग्राही वडाको कामका लागि १५ मिनेटभन्दा बढी बस्नु नपर्ने उनको दाबी छ । 

प्रतिक्रिया दिनुहोस