aarthiknews.com मंगलबार, ०३ जेठ २०७९   Tuesday, 17 May, 2022
 

रेमिट्यान्समा १०.९ प्रतिशतको वृद्धि, श्रम स्वीकृति लिनेको संख्या ७५ प्रतिशतले घटे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ चैत्र २०७७
nabil bank
रेमिट्यान्समा १०.९ प्रतिशतको वृद्धि, श्रम स्वीकृति लिनेको संख्या ७५ प्रतिशतले घटे
Global IME
LBF

काठमाडौं । विप्रेषण (रेमिट्यान्स) आप्रवाह आलू आर्थिक वर्षको सात महिनामा १०.९ प्रतिशतले वृद्धि भई रु.५६७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो ।

 वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेको राष्ट बैंकको तथ्यांकमा उल्लेख छ  ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई रु.६२९ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो । 

प्रतिक्रिया दिनुहोस