केबुल टीभीको दादागिरी, ग्राहकसँग पैसा असुलेर च्यानल बन्द - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

केबुल टीभीको दादागिरी, ग्राहकसँग पैसा असुलेर च्यानल बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
Sunrise bank
केबुल टीभीको दादागिरी, ग्राहकसँग पैसा असुलेर च्यानल बन्द
LBEF
NCH-IPS

काठमाडौं । उपभोक्तासँग टेलिभिजन प्रसारणको रकम अग्रिम रुपमा असूलेर केबल टेलिभिजन प्रसारकले विदेशी च्यानल प्रसारणमा रोक लगाएका छन् । प्रतिनिधिसभामा विचाराधीन विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकको प्रस्तावित व्यवस्थाको विरोधमा उनीहरुले सोमबार दिउँसो ३ बजेदेखि २४ घण्टा प्रसारण बन्द गराएका हुन् । 

इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केबल टेलिभिजन महासंघले संयुक्त रुपमा विदेशी च्यानल प्रसारणमा रोक लगाउँदा उपभोत्ता मारमा परेका छन् । विदेशी च्यानलमा क्लिन फड लगाउने विज्ञापनरहित बनाउने) व्यवस्थाप्रति केबल टिभी सञ्चालकहरुको विरोध छ । तर, शुल्क तिरेर हेरिने विदेशी च्यानल विज्ञापनरहित हुनुपर्ने अन्तर्राष्ट्रिय प्रचलन नै छ । 

वस्तु तथा सेवाको बजार प्रवद्र्धन तथा बिक्री वितरण गर्न सेवाको प्रचारका लागि गरिने विज्ञापन तथा त्यससम्बन्धीव्व्यवसायलाई नियमन गर्न भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २४ पुस २०७५ मा राष्ट्रिय सभामा विधेयक दर्ता गराएको थियो । 

यस्तो छ, अन्तर्राष्ट्रिय अभ्यास
विदेशी च्यानलले विज्ञापनरहित प्रसारण गर्दा ग्राहकबाट शुल्क लिन पाउने र विज्ञापनसहित प्रसारण गर्दा ग्राहकबाट कुनै शुल्ब लिन नपाउने अन्तर्राष्ट्रिय प्रचलन छ । अमेरिका, युरोपेली मुलुकहरुमा विज्ञापनसहित प्रसारण गर्ने च्यानलहरुले ग्राहकबाट शुल्क लिन नपाउने, तर विज्ञापनरहितमा ग्राहकबाट मासिक शुल्क लिन पाउने व्यवस्था छ ।

दक्षिण एशियाली मुलुक पाकिस्तानले विदेशी च्यानल नियमन गर्न छुट्टै कानुन बनाएर ग्राहकबाट शुल्क लिन नपाउने व्यवस्था गरेको छ । भुटानले भने विदेशी च्यानल वितरणको अधिकार सरकारी निकायमै सिमित राखेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।  

नयाँ पत्रिकाले ‘उपभोक्ता अधिकारमाथि केबुल टीभीको दादागिरी’ शीर्षकमा ग्राहकबाट प्याकेजमा महिनाभरि पैसा असुलेर पैसा आफूखुसी बन्द गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस