नेपाल वायुसेवा निगमको बल्ल चेत खुल्दै - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

नेपाल वायुसेवा निगमको बल्ल चेत खुल्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
Sunrise bank
नेपाल वायुसेवा निगमको बल्ल चेत खुल्दै
LBEF
NCH-IPS

काठमाडौं । सबैतिरबाट आक्रमणमा परेपछि नेपाल वायुसेवा निगमबाट अन्तर्राष्ट्रिय गन्तव्य बढाउँदै लैजाने विभिन्न प्रयास थालेको छ । जसअनुसार दिल्ली सेक्टरका लागि साताको १४ उडान भइरहेकोमा २१ बनाउने योजनाअनुसार स्टल प्राप्त भइसकेको भन्दै वायुसेवाले दिल्लीका लागि प्रतिसाता ११ उडान रहेकोमा हाल १४ पुर्‍याइएको जनाइएको छ । 

साताको १४ उडानमध्ये ७ उडान न्यारो बडीमार्फत गरिएको तथा युनाइटेड अरब इमिरेट्सको दुबईमा एक साता थप गरी ४ वटा पुर्‍याइने पनि वायुसेवाले जनायो । 

आन्तरिक उडानका पाइलटको तालिम सञ्चालन गर्न संस्थागत कार्य अघि बढाइ नेपालमा नै तालिम सञ्चालन गर्ने व्यवस्था पनि गरेको भन्दै वायुसेवा निगमले वाई १२ ई उडान गर्न दुइ जना वरिष्ठ पाइलटको असार मसान्तभित्रै तालिम सम्पन्न गरी वाई १२ ई जहाज सुचारु रुपमा सञ्चालन गर्नेतर्फ सक्रिय रहेको पनि जनायो । 

यस्तै, निगमको ट्विनटर जहाज सञ्चालन गर्ने आवश्यक जनशक्ति व्यवस्था गर्दै जाने योजना अनुरुप निगमले हाल एक जना वरिष्ठ क्याप्टेन नियुक्त गरी तालिम गरिसकेको छ । साथै दुई वर्षदेखि रोकिएको को पाइलटहरुको तालिम सुचारु गराई एक जनाको तालिम सम्पन्न गरी नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स इन्डोर्समेन्ट गर्ने कार्य भइरहेको छ । आजको कारोबार दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस