हुण्डी कारोबार गर्ने ८ जना  पक्राउ - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 

हुण्डी कारोबार गर्ने ८ जना  पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ असार २०७६
Sunrise bank
हुण्डी कारोबार गर्ने  ८ जना  पक्राउ
LBEF
NCH-IPS


विरगञ्ज । हुण्डी कारोबार संलग्न ८ जना पक्राउ परेका छन् । प्रहरी टोलीले जिल्ला पर्सा  माइस्थान स्थित कन्हैया प्रसाद सोनारले संचालन गरेको के.पी.स्वर्णकला केन्द्र (सुनचाँदी पसल) सोही ज्वेलर्ससंगै टाँसिएको पश्चिम तर्फको कोठाबाट अबैध रुपमा हुण्डी कारोवार गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरुबाट नेपाली रुपैया  एक्कचालिस लाख बयानव्वे हजार नौ सय,  चाँदी जस्तो देखिने सेतो धातु २०९० ग्राम र कोठा भित्र रहेको अन्य कागजातहरु समेत  बरामद गरेको पर्सा प्रहरीले जनाएको छ । 

साथै आन्तरिक राजश्व कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्तटोलीले उक्त पसल थप अनुसन्धानको लागी सिल गरिएको छ। पक्राउ पर्नेहरुमा  रौतहट चन्द्रपुर ७ का बिनोद सुनार, पर्सा छिपहरमाई २ का राज कपुर साह,  भारत विहार मोतिहारी जिल्ला पुर्वी चम्पारणका सुनिल कुमार प्रसाद, पर्सा बीरगंज १०का  चन्दन कुमार सर्राफ रहेका छन् ।

त्यसैगरि, पर्सा बीरगंज राकेश कुमार सिंह, भारत विहार मोतिहार नैनपुरका गुलाब साह, पर्सा विन्दवासिनी २ का जित कुमार साह र बारा परवानीपर १का  घनश्याम सर्राफ रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस