कर्मचारी सञ्चयकोषको प्रतिवेदन पेश - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

कर्मचारी सञ्चयकोषको प्रतिवेदन पेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ असार २०७६
Sunrise bank
कर्मचारी सञ्चयकोषको प्रतिवेदन पेश
LBEF

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडासमक्ष कर्मचारी सञ्चयकोषको आर्थिक वर्ष २०७४/७५ को वाािर्षक प्रतिवेदन कोषका अध्यक्ष एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुङ्गानाले पेश गरेका थिए । 

सो अवसरमा अर्थमन्त्री डा खतिवडाले कोषको उपयोग पूर्वाधार विकास लगायत क्षेत्रमा बढाउनुपर्ने धारणा राखेका थिए ।  साथै उनले संस्थामा रहेको ठूलो कोषलाई सक्षम रुपमा दीर्घकालसम्म प्रतिफल दिने र तरलता व्यवस्थापनलाई सहज बनाउनेतर्फ लगानी केन्द्रित हुनुपर्ने बताए ।  

मन्त्री डा खतिवडाले सञ्चयकर्ताका लागि छुट्टाछुट्टै निजी आवास निर्माणभन्दा बृहत्तर सोचका साथ सम्पूर्ण सुविधायुक्त आवास क्षेत्र निर्माणमा समेत विज्ञप्तिमा उल्लेख छ । 

आव २०७४/७५ सम्म कोषमा करीब ३३ हजार कार्यालय र छ लाख सञ्चयकर्ता आबद्ध छन् । विस २०७५ असारसम्म रु ३१२ अर्ब स्रोत रहेको कोषले रु २६ अर्ब ७० करोड आम्दानी गरी रु तीन अर्ब ९४ करोड खुद मुनाफा आर्जन गरेको विज्ञप्तिमा जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस