aarthiknews.com विहीबार, ०२ साउन २०७६   Thursday, 18 July, 2019
 

पेट्रोलियम पदार्थ ढुवानी ट्याङकर भ्याटमा दर्ता हुँदै, २ सयको हारहारीमा भ्याट्मा आबद्ध

  • मानमती पन्त
    मानमती पन्त
  • सोमबार, ०९ असार २०७६
Sunrise bank
पेट्रोलियम पदार्थ ढुवानी ट्याङकर भ्याटमा दर्ता हुँदै, २ सयको हारहारीमा भ्याट्मा आबद्ध
NIBL-Capital-inside
LBEF

काठमाडौं । माग अनुसार पेट्रोलियम पदार्थको आपूर्ती भइरहेकोले हाहाकार नै हुने भन्ने गलत हल्लाको पछाडी नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ । 

पेट्रोलियम पदार्थ आपूर्ती गर्ने ट्याङकरहरुलाई निगमले अनिवार्य भ्याटमा दर्ता गर्नु पर्ने प्रावधान राखेपश्चात् पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध आई हाहाकार हुने हल्लाको पछाडि नलाग्न निर्देशक ई. बिरेन्द्र गोइतले आग्रह गरेको हो ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अभाव नहुने गरी व्यवस्थापन गरिने जनाएको छ । निगमका प्रवक्ता गोइतले ढुवानी गर्ने ट्याङ्कर व्यक्तिको नाममा भएको र ति सबैलाई भ्याटमा दर्ता गरे पेट्रोलियम पदार्थ वितरणमा समस्या नआउने बताएका हुन् । 

हालसम्म निगममा १८ सय ९३ ट्याङ्कर आवद्ध भएका छन् ति मध्ये भ्याटमा दर्ता भएका लगभग २ सयको हारहारीमा छन्् । असार १२ गतेसम्म भ्याटमा दर्ता गर्ने समय छ जति सक्दो सबै ट्याङ्कर दर्ता गर्ने प्रकृयामा लागेको प्रवक्ता गोइतले बताए । 

पहिले नाम सारी गर्न शुल्क लाग्ने गर्दथ्यो तर अहिले उक्त ट्याङ्कर व्यक्तिको नामबाट भ्याटमा दर्ता गर्दा शुल्क समेत मिनाह गरेको गोइतले जानकारी दिए । यसो गर्दा सक्दो सबैले भ्याटमा दर्ता गर्ने समेत निगमको ठम्याइ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस