यी २९ बाहेकबाट कारोबार गरे कारबाही गर्ने धितोपत्र बोर्डको चेतावनी - Aarthiknews
aarthiknews.com बुधबार, २७ कार्तिक २०७६   Wednesday, 13 November, 2019
 
Bajaj_Bike

यी २९ बाहेकबाट कारोबार गरे कारबाही गर्ने धितोपत्र बोर्डको चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ असार २०७६
Sunrise bank
यी २९ बाहेकबाट  कारोबार गरे कारबाही गर्ने धितोपत्र बोर्डको चेतावनी
LBEF
NCH-IPS

काठमाडाैं । धितोपत्र व्यवसाय गर्न चाहने कम्पनी वा संस्थाले बोर्डबाट धितोपत्र व्यवसाय संचालन गर्ने अनुमतिपत्र लिनु पर्ने भएको छ । कोही कसैले बोर्डबाट धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्राप्त नगरी धितोपत्र व्यवसाय गर्न नपाउने जनाएको छ । 

अनुमतिपत्र प्राप्त नगरी कतिपय संस्थाहरुले लगानी व्यवस्थापनको कार्य गरेको भन्ने गुनासो प्राप्त भएकोले बोर्डले सोमबार एक सूचना जारि गर्दै लगानी ब्यवस्थापन सम्बन्धि कार्या गर्न भनेको छ । 

सूचनामा भनिएको छ ‘सन्र्दभमा वोर्डवाट अनुमतिपत्र प्राप्त नगरी लगानी व्यवस्थापन गर्ने कार्य गैरकानुनी भएकोले अनुमतिपत्र लिएर मात्र लगानी व्यवस्थापनसम्वन्धी कार्य गर्न सम्वन्धित सवैलाई सूचित गरिन्छ । साथै वोर्डवाट अनुमतिपत्र प्राप्त नगरेका संस्थामार्फत लगानी गर्दा

लगानीकर्ताहरुको लगानी जोखिममा पर्न सक्ने हुनाले लगानी व्यवस्थापनसम्वन्धी कार्य गर्दा उक्त संस्थाले वोर्डवाट अनुमतिपत्र प्राप्त गरेको यकिन गरेर मात्र उक्त सेवा लिन अनुरोध गर्दै वोर्डवाट अनुमतिपत्र प्राप्त नगरेको संस्थामार्फत लगानी नगर्न नगराउनको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

वोर्डवाट लगानी व्यवस्थापनको कार्य गर्न अनुमतिपत्र प्राप्त देहायका संस्थाहरु मात्र रहेका छन । 

  1. श्री एनएमबि क्यापिटल लि.    
  2. श्री सिविआईएल क्यापिटल लि.
  3. श्री सनराईज क्यापिटल लि.
  4. श्री सानिमा क्यापिटल लि.
  5. श्री ग्लोबल आईएमई क्यापिटल लि.
  6. श्री बि.ओ.के. क्यापिटल मार्केट लि.
  7. श्री भिवोर क्यापिटल लि.
  8. श्री नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.
  9. श्री सिभिल क्यापिटल मार्केट लि.  
  10. श्री एनआईसी एशिया क्यापिटल लि. 
  11. श्री के.सी.एल. अस्ट्यूट क्यापिटल लि.
  12. श्री आरबिबि मर्चेन्ट बैंकिङ लि.
  13. श्री प्रभु क्यापिटल लि. 
  14. श्री आकाश क्यापिटल लि.
  15. श्री नविल ईन्भेष्टमेन्ट बैकिङ्ग लि.
  16. श्री वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैकिङ्ग लि.
  17. श्री लक्ष्मी क्यापिटल मार्केट लि.
  18. श्री आर्कस क्यापिटल एडभाईजर्स लि.
  19. श्री एनआईबिएल एस क्यापिटल लि. 
  20. श्री कुमारी क्यापिटल लि.
  21. श्री कृति क्यापिटल एण्ड ईन्भेष्टमेन्टस् लि.
  22. श्री नेपाल बङ्गलादेश क्यापिटल लि.
  23. श्री समृद्धि क्यापिटल लिमिटेड
  24. श्री जनता क्यापिटल लि.
  25. श्री नेशनल मर्चेन्ट बैंकर लि.
  26. श्री सेञ्चुरी क्यापिटल मार्केट्स लि.
  27. श्री सिद्धार्थ क्यापिटल लि.
  28. श्री मेगा क्यापिटल मार्केट्स लि.
  29. श्री प्रोभिडेन्ट मर्चेन्ट बैंकर लि.         
     

प्रतिक्रिया दिनुहोस