नेप्से ५ अंकको वृद्धि, कारोबार ४८ करोड - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

नेप्से ५ अंकको वृद्धि, कारोबार ४८ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ असार २०७६
Sunrise bank
नेप्से ५ अंकको वृद्धि, कारोबार ४८ करोड
LBEF
NCH-IPS

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५ दशमलव ७५ अंकले बढेर १ हजार २ सय ६० दशमलव १० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

यसदिन १ सय ७३ कम्पनीको १५ लाख ४ हजार ६७२ कित्ता शेयर खरिदबिक्री भई ४८ करोड १४ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने १ दशमलव ४४ अंकले बढेर २ सय ७१ दशलमव ०४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार शिवम सिमेन्टको भएको छ । जसको कारोबार आज ५ करोड १८ लाख ३३ हजार रुपैयाँ बराबरको भएको छ । 

यस दिन सर्वा्िधक कमाउनेमा जनउत्थान साम्दायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ९ दशमलव ९१ प्रतिशतले बढेको छ । 

साथै सर्वा्िधक गुमाउनेमा मल्टी प्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ६० प्रतिशतले घटेको छ । 

यस दिन ११ वटा उपपरिसुचकहरुमा ७ वटा समूह बढेको छ भने ४ वटा समूह घटेका छन् । 
 

प्रतिक्रिया दिनुहोस