गभर्नरले भने–‘मौद्रिक नीतिपछि बैंकहरुलाई लभ गर्ने समय हुँदैन’ - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

गभर्नरले भने–‘मौद्रिक नीतिपछि बैंकहरुलाई लभ गर्ने समय हुँदैन’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ असार २०७६
Sunrise bank
गभर्नरले भने–‘मौद्रिक नीतिपछि बैंकहरुलाई लभ गर्ने समय हुँदैन’
file photo
LBEF
NCH-IPS

 काठमाडौं ।  मुलुकको आर्थिक वृद्धिमा योगदान पु¥याउन तथा सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेका विकास–निर्माणका काममा सघाउन मौद्रिक नीति केन्द्रित हुने नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले बताएका छन् ।

मुद्रास्फीति घटाउने तथा आर्थिक वृद्धि दर बढाउनेमा केन्द्रित रहेर दीर्घकालीन सोचका साथ केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै आएको उनले बताए । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले देशको अर्थतन्त्रलाई उकास्ने, बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या हुन नदिने, वित्तीय सुशासन कायम गर्ने दीर्घकालीन दृष्टिकोणका साथ मौद्रिक नीति बनाइँदै आएको बताए ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रित रहेर ‘आइबिएन न्यूज मिडिया एण्ड रिसर्च’ नामको संस्थाले आज ललितपुरमा आयोजना गरेको छलफलमा गभर्नर नेपालले जनताको निक्षेपको पूर्ण सुरक्षा गर्दै उत्पादनशील क्षेत्रमा त्यसको सदुपयोग गर्ने विषयलाई बढावा दिनु मौद्रिक नीतिको मूल लक्ष्य र उद्देश्य हुने बताए । मौद्रिक नीति आएपछि बैंकहरुबीच लभ गर्ने समय नै नहुने गभर्नर डा. नेपालले बताए ।

गभर्नरले  भने, ‘अब तपाईहरुसँग लभ गर्ने समय धेरै छैन, मौद्रिक नीति अघि नै लभ पारिहाल्नुहोस्, मौद्रिक नीतिआएपछि लभ गर्दै हिँड्ने समय हुँदैन, बिहे गर्नुपर्छ ।’ नेपाल बैंकर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले कर्जाको ब्याज घटाउन आफूहरू लागिपरेको तथा कृषि र जलविद्युत् क्षेत्रमा केन्द्रीय बैंकको निर्देशनबमोजिम लगानी गर्दै आएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस