राष्ट्र बैंकले एनएमबि र ओमलाई मर्जरमा जान दियो अनुमति - Aarthiknews
aarthiknews.com सोमबार, १३ माघ २०७६   Monday, 27 January, 2020
 
Bajaj_Bike

राष्ट्र बैंकले एनएमबि र ओमलाई मर्जरमा जान दियो अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ असार २०७६
Sunrise bank
राष्ट्र बैंकले एनएमबि र ओमलाई मर्जरमा जान दियो अनुमति
LBEF

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकलाई मर्जरका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । केन्द्रीय बैंकले असार ८ गते पत्र पठाएर सैद्धान्तिक सहमति दिएको हो ।
 
एनएमबि र ओमले जेठ २ गते मर्जरमा जाने सम्झौता गरेको थियो । उक्त दिनदेखि नेप्सेमा एनएमबिको शेयर कारोबार रोक्का रहेको छ । ओमको भने यसअघि प्राइम बैंकले एक्वायर गर्ने निर्णय भएदेखि नै शेयर कारोबार रोक्का रहेको छ । 
 
हाल एनएमबि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रहेको छ । पोखरामा प्रधान कार्यालय रहेको राष्ट्रिय स्तरको  बिकास बैंक ओम डेभलपमेन्टको चुक्ता पूँजी पनि २ अर्ब ५१ करोड छ । मर्जरपछि एकीकृत बैंकको चुक्ता पूँजी साढे ११ अर्ब माथि पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस